ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निर्वाचन क्षेत्र स्तरीय रणनीतिक सडक शिलान्यासमा सांसदहरु नै असन्तुष्ट

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं चैत्र २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका १६५ वटा निर्वाचन क्षेत्र स्तरीय रणनीतिक सडक पूर्वाधारहरुको विषयमा सांसदहरुले नै अनसन्तुष्टी पवखेका छन् । विना तयारी प्रधानमन्त्रीले शिलान्यास गरेको भन्दै सांसदहरुले संट्ठद बैठकमानै आफ्पति जनाएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभको शून्य समयमा बोल्दै  कांग्रेस सांसद भरतकुमार शाहले डीपीआरविनै प्रधानमन्त्री ओलीले एकसाथ १६५ सडक शिलन्‍यास गरेकोमा आपत्ति जनाउका हुन । उनको भनाई छ- ‘प्रधानमन्त्रीले भर्खरै रणनीतिक महत्वका १६५ सडक शिलान्याश गर्नुभएको छ। न एलाइनमेन्ट छ। न डीपीआर छ। शिलान्यासको यति रहर हो भने रेडबुक एकैपटक नै शिलान्याश गरिदिए भइहाल्यो। किन यस्तो गर्नुपर्‍यो,’ ।

सांसद राजेन्द्र कुमार केसीले पनि सडकको शिलन्यासमा आपत्ति जनाए । – ‘हालसम्म पनि कतिपय सडक योजनाको पहिचान नभएको, डीपिआर, साइट क्लियर छैन। यस्तो अवस्थामा कुन सडकको शिलन्यास गर्नुभएको हो कृपया प्रधानमन्त्रीले बताइदिनुहुन्छ कि?,’ ।

सांसद रंगमती शाहीले पनि सडक शिलान्यासमा आपत्ति जनाइन्। यसलाई नौटंकीको संज्ञा दिइन। ‘तयारी नगरी बालुवाटारमा स्वीच थिचेर शिलन्याश गर्नुहुन्छ। यो त नौटंकी नै हो,’ उनले भनिन्, ‘संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराउनुहुन्छ। बालुवाटार पनि सरकारी निवास हो। अब बालकोटमै राज गर्दा राम्रो होला धन्यवाद।’

प्रधानमन्त्री केपी ओलीले शनिवार प्रतिनिधि सभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा महत्वपूर्ण सडक सञ्जाल भन्दै शिलान्यास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *