ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आफ्नै ८५ वर्षीया आमालाई ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा राष्ट्र बैंकिङकी डाइरेक्टर पक्राउ

सेयर गर्नुहोस
  • 19
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं चैत्र २३ । आफ्नै ८५ वर्षीया आमाले ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल राष्ट्र बैंकको कर्पोरेट प्लानिङ तथा रिस्क म्यानेजमेन्ट विभागकी निर्देशक सुष्मा रिमाल रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार सुष्माकी बृद्ध आमाको उजुरीका आधारमा पक्राउ गरेको हो। उनलाई दुई दिन देखी थुनामा राखिएको छ ।

 बिभिन्न बैंकमा भएको खाता सहित करिव ३ करोड भन्दा बढीको सम्पति आमाको हेरचाह गर्ने भन्दै लिएपनि बृद्धा आमालाई वास्ता नगरेपछी पक्राउ गरिएको हो । नेपालमा ८४ बर्षको बृद्धाले आफ्नै छोरीको बिरुद्धमा परेको पहिलो मुद्दा हो । हामीले उहाँलाई आफ्नी आमाको राम्रोसँग हेरचाह गर्न वा आमाको सम्पति फिर्ता दिन विगत ८ महिना देखी अनुरोध गर्दा पनि मान्नु भएन । अहिले हामीले हिरासतमा राखी अध्ययन गरिरहेका छौं’ , उनले भने ।

उनी बिरुद्ध जेष्ठ नागरिक ऐन २०७३ अनुसार मुद्दा दर्ता भइ अनुसन्धान भइरेको सिंहले बताए । नेपाल राष्ट्र बैंकका प्रवक्ता देबकुमार ढकालले उनी प्रकाउ परेको स्वकार गरेका छन् । ‘प्रकाउ पर्ने निर्देशक नेपाल राष्ट्र बैंककै कर्मचारी हो भन्ने सुनेको छु , वाँकी कुरा प्रहरीसँग बुझ्नुहोस,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *