ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

‘मान्छे जन्मदै उद्यमी हुन्छ, उनीहरुको ग्रहण क्षमतालाई अनलक गर्नै हामी अनलकर लिएर बसिरहेका छौं’

सेयर गर्नुहोस
  • 185
  •  
  •  
  •  
    185
    Shares

काठमाडौं चैत्र २३ । ‘प्रत्येक मानिस जन्मजातै उद्यमी हुन्छन्, कसैले आफ्नो क्षमता देखाउने अवसर पाउँछन् भने कसैले पाउँदैनन् कतिपय त आफूभित्र त्यो क्षमता छ भन्ने समेत बुझ्न पाउँदैनन् ।’- नोवेल पुरस्कार विजेता बंगाली अर्थशास्त्री डा. मोहम्मद युनुसले आफ्नो पुस्तक ‘दि वर्ल्ड अफ थ्रि जेरोज’मा लेखेका छन् ।

लाखौं बंगाली महिलालाई विनाधितो ऋण दिएर उनीहरुलाई उध्यमी बनाउने तिनै युनुस हुन् । नेपालमा स्वरोजगार सम्बन्धी मुद्दा लामो समय देखि उठ्दै आएको विषय हो । राजनीतिक दलका घोषणा पत्र पल्टाउने हो भने यसका बहुआयमिक पक्षहरु देख्न सकिन्छ तर खाली घोषणापत्रमा मात्र । त्यसो त नेपालको अर्थतन्त्रको प्रमुख हिस्सा बनेको रेमिटान्स बाहेक, प्रधानमन्त्री, मुख्यमन्त्री वा राष्ट्रपति र प्रदेश प्रमुखका नाममा सञ्चालन भएका कार्यक्रमहरु राजनीतिक पार्टीको भर्ति केन्द्र बनेका अनेकौ उदाहरुण देखे सुनैको हो । तर त्यसका बावजूद पनि अध्यारो पछि उज्यालो आउछ भने जस्तै पछिल्लो समय नेपालमा उद्यमशिलता तर्फ नेपाली युवाको आक्रषण बढ्दो छ ।

केही बर्ष पहिलासम्म सर्टिफिकेट बोकेर कम्पनीका दैलो ढकढक्याउने युवाहरु यतिवेलाँ उद्योग सञ्चालन गर्न थालेका छन् । विदेशमा सिकेको सिप स्वदेशमा नै लगाउने भन्दै सञ्चालनमा आएका अनेकौ युवाका कृषी फर्म , पर्यटन लगायतका उद्योगहरुले उनीहरुलाई मात्र उद्यमी बनाएका छैनन् । आफुजस्तैलाई रोजगारी दिएर उद्यमी बन्ने बाटो देखाइ रहेका छन् । त्यसमाथी कोरोना महामारी र लकडाउनका कारण दैनिक हजारौ श्रमिक पैदल यात्रा गर्दै काठमाडौं छोडेका दृष्य हृदय विदारक मात्र थीएनन । चाहेमा उनीहरुलाई उद्यमी बनाउन सकिने प्रशस्त आधारहरु थिए ।

नेपालमा हाल १८.७ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनि र २८.६ प्रतिशत बहुआयामिक गरिबीको रेखामुनि रहेका छन् । त्यस्तै बेरोजगारी दर ११.४ प्रतिशत छ र विगत एक दशकदेखि वार्षिक औसत ५ लाख नेपाली वैदेशिक रोजगारीमा जाने गरेका थिए । अर्थतन्त्रको करिब एकतिहाइ हिस्सा विप्र्रेषणमा आधारित छ । त्यो पैसा पनि विभिन्न उपभोग्य सामान खरिद गरी विदेशमै जाने गरेको छ । किनकि हामीले लगभग सबै प्रकारका उपभोग्य वस्तुहरू आयात गरिरहेका छौं । विदेश जाने ५ लाख युवापनि विना तालिम अदक्ष रुपमा विदेश जाने हुदाँ उनीहरुका पिडा अझ थपिदो क्रममा छन् ।

श्रमबजारमा प्रवेश गर्ने नयाँ श्रमशक्ति, विदेशबाट फर्किएका तथा स्वदेशमै अन्य क्षेत्रबाट बेरोजगार बनेका युवाहरूलाई बजारको आवश्यकता र उनीहरूको रूचिअनुसार सिप, पुँजी, प्रविधि दिन सकियो भने रोजगारीको समस्या हल हुन सक्छ । यसरी बढ्दो बेरोजगार र दक्ष जनशक्तिको अभाव देखर युवाहरुलाई उद्यमी बनाउन प्रेरित, उच्च स्तरको ब्यवारिक शिक्षा र तालीम प्रदान गर्ने उदेश्य सहित मोरङका रन्जन ओझाले काठमाडौंमा नेपाल स्कुल अफ अंट्रप्रनरसिप (Nepal School of Entrepreneurship) नै सञ्चालनमा ल्याएका छन् । उनी भन्छन् उद्यमशिलता भनेको नयाँ पन हो ।

अथावा जुन बाटोमा हिडिरहेको हुन्छ त्यसलाई केही परिवर्तन गर्ने र सहज तथा नौलोपन बनाउने नै उद्यमशिलता हो । ‘आइडिया,कृएटिभिटी र थिङ्किङग जोडिएको विषय हो । वा नवीनता संग संगै आर्थिक जोडिएको विषय नै उद्यमशिलता हो ।‘ उनको भनाई छ । ओझा विश्वको अर्थतन्त्रको संभावक नै ज्ञान भएको भन्दै शिक्षामा नविनता ल्याउन खोजेको बताउदैं विद्यालय सञ्चालन गरेका छन् । विद्यालयको चार चौघेरामा मात्र शिक्षा सिमित बनाउन नहुने उनको धारणा छ । नेपालको शिक्षा व्यवहारीक नभएको आरोप लागि रहेको समयमा शिक्षालाई ३ सय ६० डिग्रिको कोडमा परिवर्तन गर्न सक्नु पर्छ ।

माक्सिट केन्द्रित पठन शैलीलाई परिवर्तन गर्दै व्यवहारीक शिक्षासंग जोड्नकै लागि नेपाल स्कुल अफ अन्ट्रप्रनरसिप स्थापना गरेको दावी गर्छन् । पढाइले मात्र हुदैन दक्ष जनशक्ति उत्पादन हुनु पर्यो । सर्टिफिकेट भएर सिप छैन भने के गर्ने ? अहिले हामी चुकीरहेको ठाउँपनि यहि हो ‘ ओझा दावी गर्छन् । उद्यमी कसैले बनाएर नवन्ने तर उद्यमीका लागि प्रोत्साहन र बाटो देखाउन सकिने तर्क गर्ने ओझा मान्छेको चाहना एउटा चक्रभन्दा पनि बाहिरसम्म रहेको उध्यमी बन्ने चाहनेहरुलाई सहजिकरण गरिरहेको उनको भनाई छ । ‘मान्छे जन्मदै उद्यमी हुन्छ । मानिष ५० डिग्रीको घाम लागेको र माइनस ७० डिग्रीको चिसोमा पनि बाची रहेको हुन्छ ।

हो त्यस्तै उनीहरुको ग्रहण क्षमतालाई अनलक गर्नै हामी अनलकर जस्तै भएर बसिरहेका छौं’ उनी भन्छन् । तर अन्तिम लक्ष नै जागिर र डिग्रीको सर्टिफिकेट बोकेर हिडेका युवाको दिमागमा उद्यमशिलता जोड्न चुनौति पुर्ण छ । तर ओझा भने चौतर्फ़ी उद्यमी नै उद्यमी देख्छन् । सरकारले केही नगर्दा पनी नेपालमा उद्यमी नै उद्यमी भएको भन्दै सरकारले त्यसलाई व्यवस्थित गर्न जरुरी देख्छन् । आइतबारे, सोमबारे हटियाबाट विस्तारै अनलाईन सपिङ तर्फ बजार मोडिदै गएको भन्दै बजार आफै परिवर्तन हुने उनको तर्क छ । हाम्रो सोचाइमा सुधार गर्नु पर्ने दावी गर्छन् ओझा ।

मैले जे सोचे त्यही ठिक भन्ने मानसिकता हावि हुदाँ समस्या भएको बताउने ओझा सामुहिक निर्णयमा विश्वास गर्नु पर्ने दावी गर्छन् । नेपालका हरेक नागरिकलाई उद्यमी बनाउन सकिने दावी गर्ने ओझाको नेपालको शिक्षा प्रणाली व्यवहारीक बनाउनु पर्ने निस्कर्ष निकाल्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *