ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण लगातार दुई बर्ष बिस्का (बिस्केट) जात्रा स्थगित

सेयर गर्नुहोस
  • 10
  •  
  •  
  •  
    10
    Shares

भक्तपुर,चैत्र २३ । कोरोना महामरीका कारण लगातार दोस्रो बर्ष पनि बिस्का जात्रा स्थगित हुने भएको छ । यो संगै बिस्का जात्राअन्तर्गत भैरवनाथको रथ तान्ने, लिंगो ठड्याउने तथा ढाल्ने, जिब्रो छेड्ने र सिन्दूर जात्रा रोक्ने निर्णय गरिएको हो ।

कोरोना महामारिको दोस्रो चरण सुरु भएको भन्दै आइतबार बसेको जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी) ले बिस्का जाता स्थगित गर्ने निर्णय गरेको हो । तग बर्ष पनि बिस्का जात्राका सम्पूर्ण विधि विधानलाई रोकेर औपचारिकतामा मात्रै सीमित गरिएको थियो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भारतमा कोभिड १९ संक्रमण दर बढेकाले त्यसबाट नेपालमा पनि जोखिम बढ्ने भएकाले जात्रा रोक्न बाध्य भएको बताए ।

भक्तपुरमा यस वर्ष यहीं चैत २८ गतेदेखि बिस्का जात्रा सुरु हुँदै थियो । त्यसको लागि भक्तपुर ५ टौमढीमा भैरवनाथ तथा भद्रकालीको रथ निर्माण अन्तिम चरणमा पुगिसकेको छ । यी दुई रथमा छानामात्रै राख्न बाँकी छन् । यसअघि प्रशासनले बैकल्पिक उपाय अपनाएर भए पनि बिस्का जात्रा सञ्चालन गर्ने जनाएको थियो । जसअनुसार गुठी संस्थान भक्तपुर कार्यालयले भैरवनाथ तथा भद्रकालीको रथ निर्माणलाई तीव्रता दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *