ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाली आकासमा पुन:ह्वात्तै बढ्यो प्रदुषण, धनगडीको आकास सवै भन्दा प्रदुषित

सेयर गर्नुहोस
  • 11
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं चैत्र २३ । नेपाली आकासमा पुन: वायु प्रदुषणको मात्रा बढेको छ । देशका विभिन्न स्थानमा भएको आगलागिका कारण बढेको प्रदुषण बिहिबा साँझको बर्षाका कारण केही कम भएको थियो ।

अत्याधिक वायु प्रदुषण बढेको भन्दै विद्यालय नै बन्द गरियो तर प्रदुषण घटेको भन्दै आइतबारबाट पुन विद्यालय सञ्चालनमा आएका थिए । वातावरण विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ।

धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ। दोस्रो नम्बरमा चितवनको भरतपुर छ। त्यहाँको एक्युआई ३९८ छ भने तेस्रो नम्बरमा ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ छ। एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ।

एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि घातक मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *