ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महाराष्ट्रमा रात्रिकालीन कर्फ्यु, विशेषज्ञ टोली महाराष्ट्र जान मोदीको निर्देशन

सेयर गर्नुहोस
  • 10
  •  
  •  
  •  
    10
    Shares

एजेन्सी, चैत्र २३ । कोरोना संक्रमण बढेको भन्दै छिमेकी देश भारतको महाराष्ट्रमा रातको ८ बजे देखि बिहान ७ बजेसम्म कर्प्यु लगाएको छ ।

आइतबार २४ घण्टाको कोरोना परीक्षण रिपोर्टमा भारतमा ९३ हजार बढीमा संक्रमण पुष्टि हुदाँ सवै भन्दा धेरै संक्रमित महाराष्ट्र राज्यका थिए । महाराष्ट्रमा रात्रीकालिकन कर्प्यु लगाउदाँ दिउँसो भने लकडाउन गरेको छ ।

जसमा अप्रिल ३०सम्म भिडभाडा सभा सम्मेलन गर्न नपाउने,रेस्टुरेन्ट बसेर खान नपाउने, खाना प्याक गरेर घरमै लगेर खानुपर्ने, सरकारी कार्यालयहरुमा ५० प्रतिशत कर्मचारीहरुलाई मात्रै बोलाउने, सकेसम्म घरमै बसेर काम गर्न र सार्वजनिक सवारी साधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न नियम समेज जारी गरिएको छ ।

यसरी कोरोना महामारी बढेको महाराष्ट्रमा विशेषज्ञ टोली जान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्देशन दिएका छन् । खुल्ला सिमा भएको भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालमा त्यसको जोखिम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *