ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बर्दियामा गैंडा गणनामा सहभागी मार्ने बाघ नियन्त्रणमा, जाउलाखेलको चिडियाखानामा ल्याउने तयारी

सेयर गर्नुहोस
  • 9
  •  
  •  
  •  
    9
    Shares

बर्दिया चैत्र २३ । आइतबार साँझ बर्दिया राष्ट्रिय निकुन्जमा गैँडा गडनामा सहभागी हात्ती माउते पुलिसराम चौधरीको बाघको आक्रमणमा परी मृत्यू भयो । माउते चौधरी र  हात्तीलाई बाघले  साँझ  साढे पाँच बजे  बाघले आक्रमण गरेको थियो । करिब सात सय मिटर झाडीसम्म लछारेर माउते चौधरीलाई बाघले छाडेर जंगलतर्फ भागेको थियो ।

चौधरी र हात्तीमाथी आक्रमण गर्ने  नरभक्षी बाघलाई आइतवार राती  ‘डार्ट’ गरी नियन्त्रणमा लिइएको छ । राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठ नेपाली सेनाको सहयोगमा उक्त नरभक्षी बाघलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

नियन्त्रणमा लिएको उक्त बाघलाई अहिले ठाकुरद्धारास्थित उद्धार केन्द्रमा राखिएको छ भने जावलाखेलस्थितको सदरचिडियाखानामा ल्याउने तयारी सुरु भएको छ । करिव १० बर्ष बुढो उक्त बाघको खुट्टामा घाउभएको जनाइएको छ ।


निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठ, बर्दिया स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. रबिन कडरिया र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाका देवीदत्त गणका प्रमुख दिनेश कार्कीको नेतृत्वमा खटिएको संयुक्त टोलीले बाघको आक्रमणबाट मृत्यु भएका चौधरीको शवलाई सुरक्षित साथ उद्धार गरेका थिए ।


पटक पटक बाघको आक्रमणमा परी मानीसको मृत्यू हुन थालेपछि निकुन्जलाई सोमबारलाई बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *