ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल बीच वित्तीय कर्जा सेवा प्रवाहमा सहजीकरण गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं,चैत २२ । उद्योग बाणिज्य महासंघ र डेभलपमेण्ट बैंकर्स एशोसिएस बीच लघु, घरेलु साना तथा मझौला उद्योगलाई माग अनुसार सरल एवं सहज रूपमा कर्जा प्रवाह सहजीकरण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा व्यवसायीहरूलाई कर्जा शिक्षा, बचत र लगानीका फाइदा, कर्जा प्रक्रिया, कर तथा बजार व्यवस्थापन सम्बन्धी जानकारी दिन कार्यक्रम संचालन गर्ने, उत्पादनमुलक व्यवसाय र रोजगारी सिर्जना गर्ने व्यवसायको प्रवद्र्धनका लागि सहयोग पुग्ने किसिमका कार्यक्रम संचालन गर्ने, उपयुक्त वित्तीय सेवाहरूको छनौट र प्रयोग गर्न सक्ने क्षमता विकास गराउने लगायतका बिषयबस्तुहरु उल्लेख गरिएको छ ।

भविष्यमा आउन सक्ने जोखिमहरूका लागि तयारी वा योजना बनाउन सक्ने ज्ञान र सीप प्रदान गर्ने, कृषि कर्जा, महिला उद्यमी कर्जा, लघु, घरेलु, साना तथा मझौला उद्योगहरूलाई प्रवाह गरिने कर्जाहरूलाई प्राथमिकतामा राखी प्रविधि मैत्री बनाउने र त्यसका लागि उचित तालिमको व्यवस्था मिलाउने लगायतका बिषयबस्तुमा सम्झौता भएको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र उपाध्यक्ष अन्जन श्रेष्ठ, एशोसिएसनका प्रथम उपाध्यक्ष प्रध्युम्मन पोखरेलको समुपस्थितिमा भएको समझदारीपत्रमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष गोविन्द प्रसाद ढकालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *