ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाको नयाँ भेरियन्ट नेपालमा

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं,चैत २२ । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै त्यहाँ रहेका नेपाली नागरीकहरु स्वदेश फर्किने क्रम बढेको छ । यसरी फर्किनेहरुमा संक्रमण देखिनुका साथै कतिपयमा कोरोनाको नयाँ स्वरुप देखिन थालेपछि नेपालमा पनि त्रास बढ्न थालेको छ ।

पछिल्लो समय कोरोना महामारीको दोस्रो लहरले विश्वका अधिकांश मुलुक फेरी चपेटामा परेका छन । अत्यधिक संक्रामक मानिएको कोरोनाको नयाँ स्वरुप देखिदै गर्दा रोकथाम तथा नियन्त्रणका लागि ठुलो चुनौती भएको छ ।तीव्र खोप अभियानकाविच भारतमा पनि संक्रमण तिब्र रुपमा फैलिदा त्यसको प्रभाव नेपालमा पनि देख्न थालिएको छ ।

कोरोना महामारी फेरी फैलिदै गर्दा स्वदेश फर्किनेहरुको संख्या दैनिक बढदो छ । यसरी फर्किनेहरुमा कोरोनाको नयाँ प्रकार समेत देखिन थालेपछि देशैभर संक्रमण फैलिन सक्ने चिन्ता बढ्न थालेको छ । देशका विभिन्न नाकाहुदै नेपाल भित्रीएकामध्ये २० जनाको परीक्षणमा ३ जनामा नयाँ भेरियन्टस पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका,डडेल्धुराको परशुराम नगरपालिका र डोटीको जोरायल गाउँपालिकाका तीन जनामा नयाँ भेरियन्ट पुष्टि भएको हो । उनिहरुमा देखिएको नयाँ भेरियन्टबारे थप अध्ययन अनुसन्धान भैरहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए ।

यूरोप लगायत भारतमा समेत कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै बढेको छ । नेपालमा पनि नयाँ भेरियन्टस देखिएसँगै महामारीको प्रकोप पुन देखिन सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले अपिल गरेको छ ।

नयाँ भेरियन्ट्सका कारण विश्वका विभिन्न मुलुकमा लकडाउन तथा कडा प्रतिवन्धात्मक नियम लागु गरिएको बेला नेपालमा पनि आवश्यक तयारी भैरहेको मन्त्रालयले जनाएको छ । पुन महामारीको चपेटाबाट जोगिन सरकारले गर्ने तयारीका साथै आम नागरिकले पनि स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *