ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चीन सरकारले उपलब्ध गराएको खोप चैत २५ गते देखी लगाइने

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं ,चैत २२। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको प्रेस ब्रिफीङमा बोल्दै प्रा डा जागेश्वर गौतमले चीन सरकारबाट प्राप्त भेरोसेल खोप यहि चैत २५ गतेदेखी काठमाडौंका तोकिएका अस्पतालमा दिने प्रवन्ध मिलाएको छ ।

अत्यावश्यक सेवामा संलग्न कर्मचारीहरु, चीन सरकारले छात्रावृद्धिमा चीनमा पढ्ने ब्यक्ति,चीन पढ्न जानको लागी तयार गरीरहेका ब्यक्तिहरु र हिमालयन ब्यापरामा संलग्न ब्यक्तिहरुले लगाउन सकिने बताए।

मन्त्रालयका अनुशार देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको ३ हजार ४ सय ५६ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा ९९ जना सहित देशभर १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत चौबीस घण्टामा देशभरबाट १ सय १७ जना निको भएका छन् । हालसम्म निको हुने प्रतिशत ९८ दशमलव ३ रहेको छ । देशभर ५७ जना क्वारेन्टाइनमा रहेका छन् भने संक्रिय संक्रमित संख्या १ हजार ६ सय ७२ जना रहेका छन् । देशभर आसियुमा उपचारत ४७ जना र भेन्टिलेटरमा ११ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *