ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ठाकुर निवासमा पौडेलको एक घण्टा, पौडेललाई ठाकुरको प्रश्न- मोर्चा पनि बनाउछु भन्ने अनी सरकारमा पनि आफै जाने

काठमाडौं चैत्र २२। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीमा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता पौडेल निवास हात्तीवनमा भेट वार्ता भएको छ ।

नेपाली कांग्रेसले ओलीको विकल्पमा सरकार निर्माण गर्ने अग्रसरता लिने निर्णय गरेसंगै कांग्रेसले छलफललाई तिव्रता दिएको हो । करिव एक घण्टा लामो छलफलमामा जसपा अध्यक्ष ठाकुरले कांग्रेसको निर्णयप्रति अशन्तुष्टी जनाएका थिए ।

सरकार बनाउन मोर्चा गर्ने भन्ने अनी आफै सरकारको नेतृत्व गर्ने विषय नमिलेको ठाकुरको भनाई थियो । जवाफमा पौडेलले प्रधानमन्त्रीका लागि कसैको नाम सिफारिस नगरेकाले छलफल गर्न सकिने जवाफ दिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *