ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं चैत्र २२ । आजका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ । विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक स्थगित भएको केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले जानकारी दिए ।

केही नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले अनिस्चितकालका लागि  बैठक स्थगित गरिएको जानकारी ढकालको भनाई छ । माओवादी केन्द्रले सरकारलाई दिइएको समर्थन आइतबारको स्थायी कमिटी बैठकबाट फिर्ताको निर्णय लिने चर्चा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *