ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

के होला कर्णाली सरकार : एमालेका २० सांसद, अन्य तीन पार्टीका पनि जम्मा २०
मुख्यमन्त्री हटाउन एमालेको संसदिय दलको बैठक बस्दै

सुर्खेत,चैत्र २२ । संसद विघटन र पार्टी विभाजनको असर केन्द्रमा मात्र हैन प्रदेशमा समेत नराम्रोसंग परिरहेको छ । एक नम्वर बागमती प्रदेशका मुख्यमन्त्री विरुध आएका अविश्वासको प्रस्ताव फिर्ता हुदाँ कर्णाली प्रदेशमा भने फरक संकेत देखा परेका छन् ।

नेकपा हुदाँ माओवादी केन्द्रको कोटाबाट मुख्यमन्त्री बनेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिने निर्णय गरिसकेको छ । यस्तो अवस्थमा नेकपा एमालेकै नेतृत्वमा सरकार गठन गर्ने गरी जसको लागि आज (आइतबार) संसदीय दलको बैठक बस्‍दैछ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले पार्टीको विषयमा छलफल गर्ने उद्देश्यले बैठक बोलाएको जनाएका छन्  ।

नयाँ सरकार गठनका लागि २१ सांसद आवस्यक पर्नेमा एमालेसंग २० सांसद छन् । एमालेले राप्रपासंग सहकार्य गर्दै सरकार बनाउने तयारीमा छ । त्यस्तै मुख्यमन्त्री शाही आफ्ना १३ सासद, कांग्रेसका ६ जना  र राप्रपाका एक जना सांसद सहित २० सांसद र एमाले भित्रकै असन्तुष्ट खनाल- नेपाल समुहलाई सहयोग माग्दै सरकार टिकाउने ध्यानमा छ । तर यस्तो अवस्थामा नेपाल पक्षका सांसदले मुख्यमन्त्रीलाई साथ दिएको खण्डमा एमाले संसदीय दलले कारबाहीसम्म गर्न सक्ने आँकलन छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *