ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजबाट पूर्ववत अवस्थामा विद्यालय सञ्चालन

काठमाडौं चैत्र २२ । वातावरण प्रदुषणको कारण देखाउँदै बन्द भएका विद्यालय आजबाट पूर्ववत अवस्थामा सञ्चालन हुदैं छन् । विहिबारबाट क्रमश प्रदुषण घटेको भन्दै शिक्षण सस्था पूर्ववत रुपमा सञ्चालन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माको भनाई छ ।

डडेलो तथा अन्य विभिन्न कारणले वायुप्रदुषण भएको भन्दै सरकारले चैत्र १७ गतेबाट विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । डडेलोका कारण नेपालको आकास धुलो र धुवाले ढाकिएको थियो । बुधबार पानी परे पछि आकास खुलेको छ भने प्रदुषण समेत कम भएको जनाइएको छ ।

तर सुदुरपश्चिमाका दर्जनौ सामुदायिक बनमा लागेको डडेलो अजै नियन्त्रणमा आउन नसक्दा त्यहाको आकास भने अजै प्रद्षित देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *