ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नागार्जुन नगरपालिकामा ट्याङकी निर्माणको संयुक्त रुपमा शिलान्यास

काठमाण्डौ,चैत २१ | नागार्जुन नगरपालिका वडा नं-४ स्थित बालकुमारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानी ट्याङकी निर्माणको संयुक्त रुपमा शिलान्यास गरिएकाे छ |

क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत उक्त खानेपानी ट्यङकी शिलन्यास भएकाे हाे | नागार्जुन नगरपालिका वडा नं-४ स्थित प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य माननीय अष्टलक्ष्मी शाक्य, नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, उपमेयर सुशीला अधिकारीबाट खानेपानी ट्याङ्की निर्माणकाे संयुक्त शिलान्यास गरिएकाे हाे |

खानेपानी ट्याङकी निर्माणमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट बिनियोजित रकम १५ लाख, प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम बाट बिनियोजित रकम रु बिस लाख र उपभोक्ता मार्फत रु ४ लाख ९९ हजार ९ सय ७५ रूपैयाँ योगदान भएको छ। उक्त खानेपानी ट्याङकीको कुल लागत इष्टिमेट रु.३८,लाख ९४ हजार ९ सय ७५. रूपैयाँ ७१ पैसामा पूरा हुने अनुमान छ |

उक्त कार्यक्रममा नागार्जुन नगरपालिकाका वडा सदस्य सुशीला नेपाल, बालकुमारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानी ट्याङकीका अध्यक्ष लक्ष्मीराम शर्मा, सचिब शाश्वत सूबेदी, कोषाध्यक्ष मिरा मानन्धर, पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *