ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निर्वाचन क्षेत्रमा रणनीतिक महत्वका सडक भन्दै प्रधानमन्त्रीले शिल्यान्यास गरेका सडक कस्ता ?

सेयर गर्नुहोस
  • 1
  •  
  •  
  •  
    1
    Share

काठमाडौं चैत्र २१ । प्रधानमन्त्री केपी शर्मा ओली एकै दिन देशका १ सय ६५ निर्वाचन क्षेत्रमा रणनीतिक महत्वका सडक निर्माणको शुभारम्भ गरेका छन् ।

१ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्माण हुने जम्मा सडक २ हजार २ सय १० किलोमिटर रहने र ३ बर्ष भित्र निर्माण सक्ने योजना छ । सडक शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले निर्धारीत समयमा निर्माण संपन्न गर्न र गुणस्तरमा कुनै सम्झौता नगरी सम्पन्न गर्न निर्देशन समेत दिएका छन् । सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएदेखि देशभर कालोपत्र र स्तरोन्नति गरी तीन हजार ५१२ किलोमिटर सडक निर्माण भएको जानकारी समेत दिए ।

सोही समयमा ५ सय २८ वटा झोलुङ्गे पुल समेत निर्माण भएको ओलीको भनाई छ । कस्ता सडक छानिए त ? आर्थिक सामाजिक विकास, कृषि तथा औद्योगिक विकासमा टेवा दिने राष्ट्रिय राजमार्गमा जोडिएर सडक सञ्जालको क्षमता वृद्धि गर्ने अन्तर्राष्ट्रिय सिमानासँग जोडिएका सडक उत्तर दक्षिण सडक सञ्जालसँग जोडिने जिल्लाको एक निर्वाचन क्षेत्रलाई अर्को निर्वाचन क्षेत्रमा जोड्ने निर्वाचन क्षेत्रबाट सदरमुकाम जोड्ने छनौटको आधार के ?

स्थानीय र प्रदेश सरकारका योजनासँग जोडिनु नहुने विस्तृत अध्ययन प्रतिवेदन –डिपिआर० र वातावरणीय प्रभाव मुल्यांकन भएको अधुरो नरही तीन वर्ष भित्रै पूरा हुने सडक न्यून वातावरणीय र सामाजिक प्रभावहुने सडक नेपाल सरकारले अधिकरण आदिका कारण थप आर्थिक भार नपर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *