ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकार परिवर्तनमा एमालेको निर्णय मान्ने भन्दै खनाल-नेपालले पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं चैत्र २१ । नेकपा एमालेको नेपाल- खनाल समुहले दुई महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । शुक्रबार देखि बसेको उक्त समुहको शनिवार संपन्न स्थायी कमिटी बैठकले दुई महिनासम्म पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको नेता योगेश भट्टराईले जानकरी दिए ।

बैठकले राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदन र त्यसबारे आएका सुझाव सहितको पुस्तक प्रकाशन गर्ने र पार्टीका तल्ला तहसम्म वितरण गरेर प्राप्त सुझावका आधारमा अघि बढिने समेत निर्णय गरेको भट्टराईले जानकारी दिए । तर सरकारका विषयमा भने उक्त समुह मौन बसेको छ । ‘एमालेले जे निर्णय गर्छ त्यही हाम्रो निर्णय हो । यसमा माओवादी केन्द्रसंग हामीलाई नजोड्नु होला ।‘ नेता रघुजि पन्तको भनाई छ ।

आफु पार्टी जोगाउने पक्षमा भएको भन्दै नेता पन्तले त्यसको निर्णय कांग्रेस, माओवादी केन्द्र र जसपालाई छोडेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *