ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमालेको एकता बचाउन राष्ट्रपति भण्डारीद्धारा खनाललाई आग्रह

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

काठमाण्डौ चैत २१ । शनिबार दिउँसो राष्ट्रपति भण्डारी खनाललाई भेट्न उनको निवास डल्लु पुगिन । खनाल र भण्डारी बीच ४८ मिनेट लामो कुराकानी भएको स्रोतले जनायो ।  

इतिहासविद् महेश राज पन्तले आफ्नै घरमा स्थापना गरेको पुस्तकालय अवलोककन गर्न गएकी राष्ट्रपति भण्डारी त्यही बहानामा खनाल निवास पनि पुगेकी हुन् ।  खनालले पनि राष्ट्रपति भेट्नका लागि स्थायी कमिटी बैठक गएनन् । भण्डारीको साथमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि खनाल निवास गएका थिए । 

स्रोतका अनुसार पाटी राष्ट्रपतिले बिभाजनको संघारमा रहेको पार्टीको बारे र नेताहरु मनस्थितिको बारेमा चासो ब्यक्त गरेको थिइन । फुट तथा बिभाजनको दिशातर्फ रहेको नेकपा एमालेलाई एकतावद्ध बनाएर अगाडी बढाउनका लागि पहलन गर्न खनाललाई राष्ट्रपतिले आग्रह गरेकी छिन । 

राष्ट्रपतिले खनालको स्वास्थ्यस्थितिप्रति चासो ब्यक्त गरिपछी खनालले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएको खनाल निकट स्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *