ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अबको २० दिनमा मेलम्चीको १७ करोड लिटर पानी काठमाडौंमा

काठमाण्डौ चैत २१ ।  मेलम्ची काठमाडौं उपत्यकामा खासेसंगै खानेपानी निश्चिन्त प्रप्त गर्न पाउने उपत्यकाबासीको आशाको दियो बलेको छ ।

वि सं २०४८ सालमा कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री हुदाँ मेलम्चीको पानी काठमाडौं ल्याई उपत्यकाबासीको तिर्खा मेटाउने देखेको सपना हो यो । ९ दिनमा एक पटक धारामा आउने पानीमा स्वच्छताको प्रश्न समेत समाधान हुने केयूकेएलले बताएको छ आगामी २० दिन भित्र १ लाख ८० हजार धारामा मेलम्ची खस्ने आयोजना विकाश समितिले बताएको छ

जुन सपना ३ दशक पछि २०७७ सालमा आएर पुरा भएको छ । काठमाडौं उपत्यका बासीले पटक पटक भोग्दै आएको मेलम्चीको राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ साल चैत २० गते औपचारिक उद्टन गरि उपत्यकाबासीको खुसी बढेको बताईन् ।

यस आयोजना मार्फत सुरुमा ८ करोड लिटर अबको २० दिन आसपासमा १७ करोड लिटर पानी उपत्यकाबसीले प्राप्त गर्नेछन् । मेलम्ची खानेपानी आयोजना विकाश समितिले याङ्रग्री र लार्केको पानि पनि सबै अनुसन्धान र परीक्षण भई औपचारिक रुपमा अगाडी बढेको बताएको छ ।

अहिले पानी आउने सुरुङ र वितरण लाइन दुवैको परीक्षण गर्न लागिएको यसमार्फत पानी सामानुपातिक रूपमा वितरण कार्य सुरु भैसकेको केयूले बताएको छ । सबैका धारामा पानी पुर्याउन लागिरहेको केयूले पुरानो पाईपमा देखिएको समस्या सुल्झाउन नयाँ परिक्षण सकिएलगत्तै नयाँ पाईपबाट पानी वितरण हुने बताएको छ ।

वर्खाको समयमा खानेपानीमा देखिने ढलको समस्या समेत समाधानमा आफूहरु हरपल लागेको केयूकेएलको भनाई छ । शुल्कको विषयमा समेत छलफल भैरहेको केयूकेएलको भनाई छ ।

पानीले पाईपलाईन भरिएसंगै खानेपानीमा ढल मिसिने समस्या समेत हल हुने र आफूहरुले समेत थप अनुसन्धानलाई तिव्रता खिने केयूकेएलको भनाई छ । उपत्यकामा पानीको सहजता र यसमा देखीएको समस्यामा कहिले समाधान हुन्छ भन्ने प्रश्न उठ्दै आएकोमा उपत्यकामा तिर्खाले व्याकुल हुनुपर्ने, धाराको पानी पिउन त के कपडा धुन र नुहाउनसमेत नसक्ने अवस्थामा उपत्यकाबासीको आशाको दियो बलेको छ ।मेलम्ची काठमाडौं उपत्यकामा खासेसंगै खानेपानी निश्चिन्त प्रप्त गर्न पाउने उपत्यकाबासीको आशाको दियो बलेको छ ।

वि सं २०४८ सालमा कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री हुदाँ मेलम्चीको पानी काठमाडौं ल्याई उपत्यकाबासीको तिर्खा मेटाउने देखेको सपना हो यो । ९ दिनमा एक पटक धारामा आउने पानीमा स्वच्छताको प्रश्न समेत समाधान हुने केयूकेएलले बताएको छ आगामी २० दिन भित्र १ लाख ८० हजार धारामा मेलम्ची खस्ने आयोजना विकाश समितिले बताएको छ

जुन सपना ३ दशक पछि २०७७ सालमा आएर पुरा भएको छ । काठमाडौं उपत्यका बासीले पटक पटक भोग्दै आएको मेलम्चीको राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ साल चैत २० गते औपचारिक उद्टन गरि उपत्यकाबासीको खुसी बढेको बताईन् ।

यस आयोजना मार्फत सुरुमा ८ करोड लिटर अबको २० दिन आसपासमा १७ करोड लिटर पानी उपत्यकाबसीले प्राप्त गर्नेछन् । मेलम्ची खानेपानी आयोजना विकाश समितिले याङ्रग्री र लार्केको पानि पनि सबै अनुसन्धान र परीक्षण भई औपचारिक रुपमा अगाडी बढेको बताएको छ

अहिले पानी आउने सुरुङ र वितरण लाइन दुवैको परीक्षण गर्न लागिएको यसमार्फत पानी सामानुपातिक रूपमा वितरण कार्य सुरु भैसकेको केयूले बताएको छ । सबैका धारामा पानी पुर्याउन लागिरहेको केयूले पुरानो पाईपमा देखिएको समस्या सुल्झाउन नयाँ परिक्षण सकिएलगत्तै नयाँ पाईपबाट पानी वितरण हुने बताएको छ ।

वर्खाको समयमा खानेपानीमा देखिने ढलको समस्या समेत समाधानमा आफूहरु हरपल लागेको केयूकेएलको भनाई छ । शुल्कको विषयमा समेत छलफल भैरहेको केयूकेएलको भनाई छ ।

पानीले पाईपलाईन भरिएसंगै खानेपानीमा ढल मिसिने समस्या समेत हल हुने र आफूहरुले समेत थप अनुसन्धानलाई तिव्रता खिने केयूकेएलको भनाई छ । उपत्यकामा पानीको सहजता र यसमा देखीएको समस्यामा कहिले समाधान हुन्छ भन्ने प्रश्न उठ्दै आएकोमा उपत्यकामा तिर्खाले व्याकुल हुनुपर्ने, धाराको पानी पिउन त के कपडा धुन र नुहाउनसमेत नसक्ने अवस्थामा उपत्यकाबासीको आशाको दियो बलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *