ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माधब पक्षको समानान्तर कमिटीको अभ्यास, दुई महिने पार्टी एकिकरण अभियानको उद्धघोष

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

काठमाण्डौ चैत २१ । कलंकीको एक पार्टी प्यालेसमा आयोजित माधब पक्ष स्थायी कमिटी बैठकले पार्टी एकताको पक्षमा दुई महिने पार्टी एकतको अभियानको घोषणा गरेको छ । स्थायी कमिटी बैठकले २०७५ जेठ २ को संरचनामा फर्कीएर पार्टी एकताको रक्षा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरेको छ ।

माधब नेपाल समूहले एमालेभित्रै समानान्तर कमिटी गठन गरेर अगाडी बढने देखिएको छ । दशैभर दुई महिनासम्म अभियान सञ्चालन गरी ओलीलाई गलाउने र थकाउने नसके पार्टी फुट्याएर अगाडी बढ्ने तयारीमा माधब पक्ष देखिन्छ । सोही तयारी र ओलीलाई धमक्याउने उदेश्यका साथ आजको भेला गरिएको देखिन्छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले नेता योगेश भट्टराईले विभिन्न अधिवेशन, महाधिवेशनहरुबाट आएका कमिटीहरु पुनः सन्चालन गर्ने र पुनर्गठन हुने बताए ।

‘नेकपा एमालेको एकतालाई जोगाऔं,कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नाराका साथ दुई महिने अभियान चलाइने समेत भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *