ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गर्मीको आगमन सँगै विभिन्न रोगका बिरामी बढ्दै

काठमाडौं,चैत २१ । देशभर चिसो मौसम सकिएर गर्मी सुरु भइसकेको छ । तापक्रम बढ्दै गर्दा मानिसहरुको स्वास्थ्यमा विभिन्न समस्याहरु बढ्ने गर्दछ । अस्पतालमा गर्मी प्रभावित विरामीको संख्या विस्तारै बढन थालेसँगै चिकित्सकहरुले सन्तुलित आहार सेवन गर्न र धुवाँधुलोबाट बच्न आग्रह गरेका छन् ।

चिसो मौसम सकिएर गर्मी मौसम आगमन भएसँगै । ब्याक्ट्रेरिया र भाइरसहरु बढि संक्रिय हुने भएकोले मानिसहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु आउने चिकित्सकहरु बताउछन् ।

गर्मी मौसममा वातारण पनि सुक्खा हुने भएकोले मौसमी ज्वरो,टाइफाइड,झाडापखाला,छालाको एलर्जी,आखाँ सुख्खा हुने,सर्पदंश,डेंगी,पिसाब र मिर्गौला समस्या जस्ता समस्याहरु बढ्नुका साथै स्वासप्रस्वासका बिरामीहरु पनि बढि हुने गरेको चिकित्सकहरु बताउछन् ।

गर्मी मौसममा टाउको दुख्ने, आलस्य, बान्ता, पानीको मात्रा कम हुनेजस्ता समस्याका कारण बिरामी पर्ने सम्भावना बढी हुन्छ भने केहीको त मृत्यु पनि हुनसक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन डा अनुप बास्तोलाले बताए ।

गर्मी बढेसँगै खानेकुरा राम्रोसँग नपच्ने । पानी पर्ने भएकाले वरपरको वातावरण फोहोर हुने भएकोले पनि धेरै मानिस बिरामी हुने गरेका छन् । त्यसका अतिरिक्त गर्मी मौसममा पानी कम पिइने र शरीरमा भएको पानी पसिनाको माध्यम हुँदै बाहिर निस्कने भएकाले पानीको मात्रा कम भै डिहाइड्रेसन तथा थकान महसुस हुने गर्छ । त्यसैले गर्मी मौसममा खानपानमा विशेष ध्यान दिनुका साथै,घरवरपर सरसफाइ गर्नु र धुवाँ धुलोबाट पनि बच्न आवश्यक रहेको चिकित्सकहरु बताउछन् ।

अहिले कोरोना महामारीले विश्वलाइ नै आतंकित बनाइरहेको छ । नेपालमा पनि केही समय कोरोना संक्रमितको संख्यामा कमि आएको जस्तो लागे पनि फेरी संक्रमितको ग्राफ बढन । थालेको छ । त्यसमाथि केही दिन अघि बढेको वायु प्रदुषणका कारण मानिसहरुमा विभिन्न खालका स्वास्थ्य समस्याहरु देखिन थालेको छ ।

अन्य बर्ष झैं यो बर्ष गर्मीबाट सिर्जीत हुने रोगबाट त बच्नु नै छ त्यसका साथ साथै कोरोना र वायु प्रदुषणले स्वास्थ्यमा पार्ने असरबाट पनि बच्नु आवश्यक रहेको विज्ञहरुले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *