ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १२८ जनामा कोरोना संक्रमण पुष्टि

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं,चैत २१ । देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको २ हजार ७ सय २७ वटा नमुना परीक्षणमा देशभर १ सय २८ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमण पुष्टि हुने संख्या २ लाख ७७ हजार ७ सय ६८ रहेको छ ।

कोरोनाका कारण थप १ जनाको मृत्य भएको छ । हालसम्म मृत्यु हुने संख्या ३ हजार ३२ रहेको छ । गत चौबिस घण्टामा देशभरबाट १ सय ६१ जना निको भएका छन् । हालसम्म निको हुने संख्या २ लाख ७३ हजार १ सय२३ जना रहेका छन । हालसम्म निको हुने प्रतिशत ९८ दशमलव ३ प्रतिशत रहेको छ ।

देशभर क्वारेन्टिनमा ५९ जना र संक्रिय संक्रमित संख्या १ हजार ६ सय १३ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *