ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कपिलबस्तु पुगेर प्रचण्डले भने ‘अब छिट्टै नयाँ सरकार गठन हुन्छ ‘

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
    8
    Shares

काठमाण्डौ चैत २१। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसले हिजो गरेको निर्णयपछि राजनीतिले कोल्टे फेरेको र छिट्टै नयाँ सरकार बन्ने निश्चित भएको बताएका छन् । कपिलवस्तुमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले आजैबाट सरकार गठनबारे घनिभूत छलफल गर्ने बताए ।

प्रचण्डण्ले भने, ‘मलाई काठमाडौंमा साथीहरुले नयाँ सरकार गठनमा तपाईंले तुरुन्तै पहल लिनुपर्छ, अहिले कपिलवस्तु नजानुस भन्नुभएको थियो ।तर पूर्वनिर्धारित कार्यक्रम भएकाले आएँ । अब म आजै सकेसम्म तीन बजेको फ्लाइटबाट काठमाडौं फर्केर नयाँ सरकार गठनबाट घनिभूत वैठकहरु अगाडि बढाउँछु ।’

‘तपाईंहरु सबैलाई बधाई छ । अब छिट्टै नयाँ सकार बन्ने छ । नयाँ परिस्थिति बन्ने छ । त्यही कामका लागि म छिट्टै काठमाडौं जानुपरेको हो,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *