ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ताईवानमा सुरुङ भित्र रेल दुर्घटना हुँदा दर्जनौ मनिसको मृत्‍यु

ताईवान को राजधानी ताइपेईबाट ताइतुङतर्फ गइरहेको रेल सुरुङभित्र पटरीबाट बाहिर निस्किदा दुर्घटना भएको छ ।  उक्त रेलमा झन्डै ५०० यात्रु सवार थिए । दुर्घटनामा कम्तीमा ५० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उक्त घटनामा दर्जनौँ मानिसहरू घाइते भएका छन्।

ताइवानको केन्द्रीय आपत्कालीन सेवा निकायका अनुसार उद्धारकर्ताहरूले नराम्रोसँग क्षति पुगेका डिब्बासम्म पुग्न ठूलो सङ्घर्ष गर्नुपरेको थियो।

सप्ताहव्यापी वार्षिक बिदाका लागि बाहिर जान लागेका मानिसहरू उक्त रेलमा यात्रा गरिरहेका थिए।

रेल भरिएको हुनाले धेरै मानिसहरूले उभिएर यात्रा गरेको हुनसक्ने बताइएको छ।

उक्त रेल प्रतिघण्टा १३० किमोमिटर को गतिमा कुद्न सक्ने क्षमताको थियो। बिबिसि

Leave a Reply

Your email address will not be published. Required fields are marked *