ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आठ दिन पछि उपत्यकाको फोहोर उठ्न थाल्यो

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं चैत्र २१ । काठमाडौं महानगरपालिकाले सिसडोलका स्थानियको माग पुरा गर्ने भएपछि आठ दिन पछि अर्थात आजबाट फोहोर उठ्न सुरु भएको छ ।  शुक्रबार काठमाडौं महानगरपालिका र सिसडोल क्षेत्रका आन्दोलनरत स्थानीय बासिन्दा र जनप्रतिनिधिबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षर भएपछि आजबाट फोहोर उठ्न सुरु भएको हो ।

फोहोर प्रभावित क्षेत्रका स्थानियले  शिक्षक व्यवस्थापन संघर्ष समिति बनाई विभिन्न माग राख्दै चैत १३ गते देखि फोहोर बिसर्जनमा अवरोध गर्दै आएका थिए । शुक्रबार रोजगारी, विकास निर्माण लगायतका मागहरु सम्बन्धमा पनि काठमाडौं महानगरपालिकाले बजेट उपलब्ध गराउने सहमति भएपछि फोहोर एठ्न सुरु भएको हो ।  ककनी गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरुका लागि ४६ जना र धुनिबेसी नगरपालिकाका लागि ५ जना तहगत र विषयगत दरबन्दीमा सम्बन्धित गाउँपालिका र नगरपालिकाले करार सेवामा शिक्षक नियुक्त गर्ने र शिक्षक नियुक्ति भएपछि सो बापतको पारिश्रमिक नेपाल सरकारले तोकेको स्केल बमोजिमको रकम काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने सहमति भएको छ।

फोहोरमैला अतिप्रभावित र प्रभावित क्षेत्रका वडाहरुलाई प्राथमिकताका आधारमा भौतिक पूर्वाधार विकास र अन्य विकासका लागि धुनीवेशी नगरपालिका र ककनी गाउँपालिकालाई आर्थिक वर्ष २०७८/७९ देखि वार्षिक बजेट नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले एकमुष्ठ तीन-तीन करोड रुपैयाँ दिने सहमति समेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *