ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओली एक्लिदै कांग्रेसको नेतृत्वमा नयाँ गठवन्धन सरकार बन्ने संकेत

काठमाडौं। प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्ने कांग्रेसले औपचारिक निर्णय पछी नयाँ गठवन्धन सरकार निर्माणको बहस सुरु सतहमा आएको छ । संसदिय प्रणालीको पुरानो बादशाह नेपाली कांग्रेसको उक्त निर्णयले संसदिय अंकगणितको खेलको मैदान फेरी एक पटकका लागि खुल्ला भएको छ ।

फागुन ११ गते प्रधानन्यायाधीस चोलेन्द्र शम्सेर जबराको सहितको संवैधानिक इजालासले ओलीको पुस ५ गतेको कदमलाई बैधता नदिएपछी उनको संसदप्रतिको बितृष्णा छताछुल्ल भएको छ । संविधानमा संसदको अधिवेशन अन्त्य भएको अवस्थामा ल्याएको अध्यादेश ३ महिनाभित्र सरकारले संसदमा प्रस्तुत गर्नुपर्ने र संसदले पारित गरेमा मात्रै उक्त अध्यादेशले कानुनी बैधता हासिल गर्ने ब्यवस्था गरेपनि ओली सरकारले ल्याएका अध्यादेश संसदमा प्रस्तुत गरेको छैन् । पुर्नस्थापित संसदमा ओलीको अरुचीका कारण उनले प्रतिनिधिसभालाई कुनै पनि अध्यादेश प्रस्तुत गरेका छेनन् । उनी अध्यादेश स्वत खारेज भएपनि होस तर संसदलाई कुनै पनि बिजनेश नदिई हिउँदै अधिवेशन अन्त्य गरी बजेट अधिवेशन आव्हान गर्ने पक्षमा छन् ।

प्रधानमन्त्री र सभामुख बिचको टसलका कारण संसदले राम्रोसँग काम गर्न पाएको छैन भने सरकारले राष्ट्रियसभाको बैठ्क आव्हान नगर्दा दजर्नौ बिधेयकहरु अड्किएर बसेको छ ।

यि सबै गतिरोधमा नेपाली कांग्रेसको पछल्लो निर्णयले आइसब्रेकको काम गर्ने राजनीतिक पण्डितहरु बताउँछन् । प्रमुख प्रतिपक्ष दलका नेताहरु बिचको आरोपप्रत्यारोपले ओलीको सत्ता थप लम्विएको बिष्लेष्ण गर्नेहरुको पनि कमी छैेन् । नेपाली कांग्रेसको निर्णयका आधारमा नेकपा माओवादी केन्द्रले ओलीमाथीको अविश्वासको प्रस्ताव ल्याउने पक्षमा भएपनी कांग्रेस सभापति शेरबहादुर देउवा एमालेको असन्तुष्ट पक्ष माधव झलनाथ खनाल गुटको फुटेपछी मात्रै आफ्नो सक्रियता देखाउने पक्षमा थिए ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधब नेपाल , भीम रावल , सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनासम्म पार्टीबाट निलम्वन गरेसकेका छन् । माधब नेपाल गुट पार्टीभित्रै समानान्तर गुट निर्माण गरेर समानजनक वहिर्गमन सुनिश्चित गर्ने पक्षमा छ । त्यसपछी प्रचण्ड, बाबुराम, उपेन्द्र , मोहन बैध सहितको गठवन्धन निर्माण गरी नयाँ पार्टी निर्माण गर्ने योजनामा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटनको कदमलाई प्रतिगमन ठहर गर्दै सर्वोच्चको फैसलाले आधा प्रतिगमन सच्चिएपनि ओलीको तानाशाह प्रवृतिको अन्त्य नभएको बिचार ब्यक्त गर्ने पार्टीहरु बिच मिलनको ढोका कांग्रेसको पछिल्लो निर्णयले साथ दिएको छ । तर अवस्था भने त्यति सहज छैन् । ओलीले सत्ता टिकाउन आफ्ना फाइनल केही राजनीतिक अस्त्रहरु प्रयोग गर्ने देखिन्छ ।

ओली बिरुद्ध अविश्वासको प्रस्ताव संसदमा प्रस्तुत भएमा कारवाहीमा परेका नेताहरुलाई देखाउदै पार्टीभित्र ह्वव जारी गरी महन्थ ठाकुर सहितको जसपा आफुभित्र मिलाई सत्ता जगाउने खेलमा ओलीलले आफ्नो भुमिका सक्रिय बनाउन प्रयास गर्ने देखिन्छ । यसमा उनी सफल भएमा संविधानमा १ पटक अविश्वासको प्रस्ताव असफल भएको २ बर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने ब्यवस्था रहेकाले आगमी चुनाब ओली नेतृत्वमा हुने देखिन्छ ।

तर समानान्तर कमिटी बनाएर अगाडी बढ्ने उदघोष गरेको माधब खनाल गुट , राष्ट्रिय जनता समाजबादी पार्टी र नेपाली कांग्रेस दल र गुटसहितको गठवन्धन निर्माण गरी सरकार बनाउने योजनामा कांग्रेसको सक्रियता बढ्ने प्रयास गर्ने गर्छ ।

कांग्रेसले सरकारको विकल्प दिए जतिवेला पनि समर्थन फिर्ता लिन तयार भएको माओवादी केन्द्र, कांग्रेस र जसपा र नेकपा एमालेको नेपाल- खनाल समुह विच गठवन्धनले मुर्तरुप लिने देखिन्छ ।

कांग्रेसको केन्द्रिय समितिकै बैठकले ओलिको राजीनामा माग गर्ने र नयाँ सरकारको अग्रता लिने निर्णय गरेपछि अप्रत्यक्षरुपमा कांग्रेस सभापति शेरबहादुर सभापतिको साथ अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई नरहने प्रस्ट भएको छ ।

जसपाको एक समुह ओलिलाई कुनै हालतमा समर्थन नगर्ने पक्षमा रहेको समयमा कांग्रेसको यस प्रकारको निर्णय र एमालेमा समेत खनाल- नेपाल समुहले समाननन्तर गतिविधि गर्दै ओली विरुध लड्न निर्देशन दिएपछि ओली कम्जोर बन्दै गएका छन्।

नेपाल समुहका ११ नेताले हस्ताक्षर गर्दै केपी ओली विरुध लाग्न विज्ञप्पती नै निकालेका छन् । माधवकुमार नेपाल सहित ४ शिर्ष नेतालाई ६ महिनाका लागि निलम्वन गरेपछि नेपाल समुहले ओली विरुध उत्रन कार्यकर्तालाई निर्देशन नै दिएको छ ।

उनीहरुले विज्ञप्तीमा भनेका छन् – ‘प्रधानमन्त्रीको पद र शक्ति प्राप्त भएपछि केपी शर्मा ओलीबाट निरन्तर नेपाल र नेपाली जनताको हितमा आघात पु¥याउने, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पु¥याउने विभिन्न कामहरु भए । भ्रष्टाचार र अनियमित कार्यहरुको चाङ लाग्न थाल्यो । देश र जनताप्रतिको उत्तरदायित्व र सुशासनका सबै मान्यताहरु भत्किन थाले । त्यसो नगर्न पार्टीका बैठकहरुमा उहाँलाई–पटकपटक सचेत गराइयो । तर नेपालको स्वाभिमानमा धक्का लाग्ने गरी वाह्य शक्तिसँग साठगाँठ गर्दै केपी ओलीबाट देश, जनता र कम्युनिष्ट पार्टीलाई कमजोर तुल्याउने काम जारी रह्यो ।’

यता माओवादी केन्द्रले समेत वैकल्पि सरकारको निश्चित हुने वित्तिकै ओलीको समर्थन फिर्ता लिने बताउदैं आएको थियो । ओलीलाई दिएको समर्थन फिर्ता लिन आतुर भएको भन्दै अध्यक्ष पुष्ककमल दाहालले दात बाधेर समर्थन गरिरहेको बताइसकेका छन । नेकपा एमालेसंग भएका १ सय २१ सांसद मध्ये १८ सांसदले ओलीको समर्थन गरे ओलीले विश्वासको मत लिन सक्थे जसका लागि ओलीले जसपाको महन्थ ठाकुर महतो समूहलाई आफ्नो पक्षमा पार्ने प्रभाव कोसिस गरिरहेका छन ।

यसरी औपचारिक घोषणा नगरेपनि महन्त ठाकुर, राजेन्द्र महत्तो लगायत नेताहरु ओलीको नजिक रहेको प्रचार गरिदै आएको छ । जसका लागि पहिलाको राजपाका १८ सांसद ओलीको पक्षमा जाने र जसपा विभाजन हुने प्रचार गरिएको थियो । तर एमालेको नेपाल- खनाल समुहले समानान्तर समुह नै बनाएर ओलीको विपक्षमा उर्दी जारी गरेसंगै ओलीको पक्षमा मतदान गर्ने संभावना टर्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *