ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओलीको राजीनामा माग गर्ने कांग्रेसको निर्णय, सरकारको नेतृत्व पनि लिने

काठमाडौं चैत्र २० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग गर्नै निर्णय गरेको छ । कांग्रेस पदाधिकारीहरु बिचको  लामो बिबाद र रास्साकस्सी पश्चात सूरु भएको बैठ्कमा प्रधानमन्त्री ओलीको राजीनमा माग गर्ने निर्णय गरिएको हो ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको राजीनामा माग्दै अबको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने अडान कसेपछी कांग्रेस उक्त निष्कर्षमा कांग्रेस पुगेको हो । सरकारको नेतृत्व लिन पार्टी सभापति शेरबहादुर देउवा तयार नभए त्यसको बिकल्प पनि कांग्रेसबाट खोजी गरेर अगाडी बढ्नुपर्नेमा पौडेल पक्ष रहेको छ ।

आज दिउँसो दुई बजेका लागि बोलाइएको कांग्रेस पदाधिकारी बैठ्कमा पौडेल पक्षको अडानकै कारण केहीबेर अगाडी मात्रै बैठ्क सुरु भएको हो । बैठ्कको सुरुमै अबको सरकारको नेतृत्व नेपाली कांग्रेस लिने र ओलीको राजीनामा माग गर्ने बिषयमा सहमति जुटेको एक केन्द्रिय सदश्यले बताए

कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मात्र सरकारको विकल्प सोच्न सकिने बताउदै आएपनि बरिष्ठ नेता पौडेल र सिटौला कांग्रेसले पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *