ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शुक्लाफाँटामा एक सिङ्गे गैँडा गणना कार्य शुरु, स्थानान्तरण पछि गैडाको सङ्ख्यामा वृदी

कैलाली चैत्र २० । शुक्लाफाँटामा राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिङ्गे गैँडा गणना कार्य शुरु भएको छ ।बिहिबारबाट सुरु भएको गैँडा गणनाका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ

गैँडाको वासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै गएको छ । पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी चारवटा गैँडा शुक्लाफाँटामा ल्याइएको थियो ।

हाल तीमध्ये १० वटा भाले, पाँचवटा पोथी र दुई वटा केटाकेटी संरक्षित रहेका छन् । निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन वटा ब्लकमा गैँडा गणनाको कार्य गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *