ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विवेकशील साझा पार्टीद्वारा आफ्ना दुई युवा संगठन एकिकरण गर्दै नयाँ विवेकशील साझा युवा संगठन निर्माण

काठमाडौं चैत्र २० । विवेकशील साझा पार्टीले आफ्ना दुई युवा संगठन एकिकरण गर्दै विवेकशील साझा युवा संगठन निर्माण गरेको छ । पार्टी एकिकरण पछि साझा पार्टी निकट साझा युवा संगठन र पूर्व विवेकशील नेपाली दल निकटको नव युवा सञ्जाल समायोजन भई विवेकशील साझा युवा संगठन गठन भएको हो ।

दुवै पक्षबाट समतामुलक प्रतिनिधि सहित ६ जना पदाधिकारी, केन्द्रीय सचिवालयमा २८ जना र केन्द्रीय समितिमा ६६ जना सदस्य सहितको युवा संगठन निर्माण गरेको हो । २०७८ सालको आश्विनमा युवा संगठनको प्रथम महाधिवेशन सम्पन्न गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *