ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खोप अभावका कारण दोश्रो डोज खोपमा चुनौती हुन सक्ने _विज्ञ

काठमाडौं ,चैत २०। कोरोना विरुद्धको खोप अभावका कारण दोस्रो खोप लगाउने अभियान समेत प्रभावित हुनसक्ने बताइएको छ । विश्वस्वास्थ्य संगठनले पहिलो खोप लगाएको ८ देखी १२ हप्ताको बिचमा दोश्रो खोप लिनुपर्ने बताएपनि नेपालमा खोप आपूर्ती नहुदा सो मापदण्ड कार्यान्वयनमा चुनौति देखिएको हो ।

भारतबाट खरिद गरि ल्याइएको तथा अनुदानमा प्राप्त गरि नेपालमा हालसम्म १६ लाख भन्दा धेरै मानिसलाई कोरोना विरुद्धको खोप लगाइएको छ । विश्वस्वास्थ्य संगठनका अनुसार पहिलो खोप लगाएको दुई महिनापछि दोस्रो डोज लगाउनुपर्ने मापदण्ड तय गरेपनि नेपालमा खोप अभावका कारण दोस्रो डोज खोप प्रभावित हुनसक्ने देखिएको छ ।

डब्लुएचओले ८ देखि १२ हप्तामा दोस्रो खोप नलगाए स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने बताइरहदा नेपालमा भने खोप आपूर्तीमा समस्या देखिएको छ । दोस्रो खोपका लागि आगामी वैशाख ७ देखि ११ गते सम्म अभियान सन्चालन गर्ने सरकारको तयारी छ तर भारतसँग खरिद संझौता गरेको १० लाख डोज खोप नआए समस्या हुने स्वास्थ्य मन्त्रालयका सह प्रवता डा समिर अधिकारी बताउछन ।

खोप उत्पादन गरिरहेको भारतमा पनि महामारी पुन तिब्र रुपमा फैलिएपछि सरकारले खोप आपूर्तिमा रोक लगाएको हो । त्यसैको प्रभावका कारण नेपालमा पनि आपूर्तीमा समस्या भएको हो । पहिलो र दोस्रो डोज एउटै हुनुपर्ने तथा फरक खोपको प्रभावकारीता नहुने भएकोले चुनौति थपिएको विज्ञहरु बताउछन ।

डब्ल्यूएचओको मापदण्ड अनुसार ८ देखि १२ हप्ताभित्र दोस्रो खोप लिन नसकिए त्यसले निम्त्याउने प्रभावबारे पर्याप्त अध्ययनहरू नभएको चिकित्सकहरुको भनाई छ ।

यद्यपी सरकारले भने खरिद संझौता भएको १० लाख डोज र खोपसम्बन्धी विश्वव्यापी अभियान कोभ्याक्समार्फत् उपलब्ध हुने भनिएको थप १९ लाख खोप चाडैं उपलब्ध हुने जनाएको छ ।

तर भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिट्यूट अफ इन्डियालाई त्यहाँको सरकारले कोभिसिल्ड खोप देशबाहिर निर्यात गर्न अस्थायी प्रतिबन्ध लगाएसँगै कोभ्याक्स र नेपाल सरकार दुवैको योजना प्रभावित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *