ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आर्मीको विजयी सुरुवात

काठमाडौं चैत्र २० ।  पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले न्यु डायमण्डलाई ३-२ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुक्रबार भएको आर्मीले न्यु डायमण्डलाई २५-१७, २०-२५, २५-२३, १५-२५ र १५-१२ ले हराउँदै पहिलो जित निकालेको हो । आर्मीले आफ्नो दोस्रो खेल शनिवार ढोरपाटनसँग खेल्ने छ । न्यू डायमण्डले आफ्नो तेस्रो खेल शनिवार भरतपुर महानगरपालिका क्लबसँग खेल्ने छ ।

२६ चैतसम्म हुने प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता छ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पुरुष र महिला टोली विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रो ले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार रुपैया हात पार्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *