ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

१२ जील्लामा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउदै

काठमाडौं,चैत २० । सरकारले शुक्रबार देखि देशका १२ वटा जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु गरेको छ । झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, बाँके, दाङ, बर्दिया र कैलालीमा शुक्रबार देखि औषधि वितरण गर्न लागिएको हो ।

पालिकाहरूमा आफूलाई पायक पर्ने स्वास्थ्य संस्था बुथबाट औषधि निःशुल्क लिन सकिन्छ । तर दुई गर्भवती, बर्षमुनिका बालबालिका, सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरूले भने यो औषधि सेवन नगर्न चिकित्सकको सुझाव छ ।

हात्तीपाइले रोगबाट बच्न ६ बर्षसम्म नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । यो औषधि खाली पेटमा नखान, खाइसकेपछि हुने सामान्य ज्वरो, रिंगटा लाग्ने, वाकवाकी लाग्ने,हल्का पेट दुख्नेजस्ता लक्षणलाई सामान्य रूपमा लिन पनि चिकित्सकहरूले आग्रह गरेका छन् ।

नेपालका ५३ जिल्ला नियमित औषधि सेवन कार्यक्रममार्फत् हात्तीपाइलेमुक्त भइसकेको छ ।भने सरकारले सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *