ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन धाराको टुटी खोलेर मेलम्चीको उद्धघाटन

काठमाडौं,चैत २० । भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधाराको टुटी खोलेर राष्ट्रपति बिद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको उद्धघाटन गरेकि छिन् । यस ढुङ्गधारामा साना ठूला गरी तीनवटा धारा रहेका छन । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाएको छ
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको सहित उपप्रधानमन्त्री ईश्वर पोख्रेल, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ , उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टको उपस्थिति रहेको छ ।
मेलम्ची खानेपानी आयोजना निर्देशनालयले भृकुटीमण्डपमा ढुंगेधारा बनाएको छ ।

हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट दिन बिराएर पानी पठाउने ब्यवस्था मिलाइएको छ भने अनामनगरको ८ सय घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *