ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन धाराको टुटी खोलेर मेलम्चीको उद्धघाटन

काठमाडौं चैत २० ।। भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधाराको टुटी खोलेर राष्ट्रपति बिद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको उद्धघाटन गरेकि छिन् । यस ढुङ्गधारामा साना ठूला गरी तीनवटा धारा रहेका छन । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाएको छ
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको सहित उपप्रधानमन्त्री ईश्वर पोख्रेल, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ , उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टको उपस्थिति रहेको छ ।
मेलम्ची खानेपानी आयोजना निर्देशनालयले भृकुटीमण्डपमा ढुंगेधारा बनाएको छ ।

हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट दिन बिराएर पानी पठाउने ब्यवस्था मिलाइएको छ भने अनामनगरको ८ सय घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *