ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री विरुधको अपहेलनको मुद्दा ‘हेर्न नभ्याइने’ मा

काठमाडौं चैत्र २०। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नभयाइनेमा राखिएको छ। सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको संयुक्त इजलासमा रहेको उक्त मुद्दा ‘हेर्न नभ्याइने’ मा राखिएको हो ।

संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहँदा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिलाई लिएर सर्वोच्चमा अपहेलनाको मुद्दा दर्ता भएको थियो । प्रधानमन्त्रीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

प्रधानमन्त्री ओलीले आफूले अदालतको अवहेलना गर्ने मनसाय नराखेको प्रष्टीकरण दिँदै प्रधानमन्त्रीविरुद्ध मुद्दा हाल्ने कामलाई निरुत्साहित गर्नुपर्ने भनी लिखित जवाफ पेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *