ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दोस्रो चरणको खोप ८ देखि १२ हप्तामा लगाई सक्न डब्ल्यूएचओ सुझाव तर नेपालमा दोस्रो खोपको अभाव हुने संकेत

काठमाडौं चैत्र २० । सरकारले पहिलो चरणमा खोप लगाएका  सवा ४ लाख व्यक्तिलाई वैशाख ७ देखि १७ गते सम्म दोस्रो चरणको खोप लगाउने जनाएको छ । तर उनीहरुलाई लगाउने खोपको भने अभाव हुने देखिएको छ ।

भारतसंग खरिद गर्ने भनिएको १० लाख खोप अनिस्चित बनेपछि दोस्रो चरणको खोप के होला भन्ने अन्योल बढेको छ । भारतसंगको खरिदका लागि पहल भएको जनाए पनि के हुन्छ भन्ने अन्योल कायम छ ।

भारतले दिने भनेको खोप  खोप उपलब्ध भएन भने नेपालले प्रतिबद्धता गरिएअनुसार १२ हप्ताभित्र खोपको दोस्रो मात्रा उपलब्ध गराउन सक्नेछैन। यही समयमा  विश्व स्वास्थ्य सङ्गठन ( डब्ल्यूएचओ)ले अक्सफर्ड-आस्ट्राजेनेकाको खोप लगाएका व्यक्तिहरूले पहिलो मात्रा लगाएको आठदेखि १२ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्ने सुझाव दिएको छ।  तर अहिले डब्ल्यूएचओसहितका निकायले सिफारिस गरेको आठदेखि १२ हप्ताभित्र दोस्रो खोपको मात्रा लिनुपर्ने मापदण्ड कार्यान्वयन गर्न नसकिए त्यसले निम्त्याउने प्रभावबारे पर्याप्त अध्ययनहरू नभएको जानकारहरू बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *