ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चैत्र २० गते तपाईको राशिफल

आज मिति २०७७ साल चैत्र २० गते शुक्रबार तदनुसार सन २०२१ अप्रिल महिनाको २ तारिख, चैत्र कृष्णपक्ष, वसन्त रितु, उत्तरायण सुर्य,  प्रमादी नाम संवत्सर, अनुराधा नक्षत्र, पंचमी तिथी, सिद्धि योग, तैतिल करण, आज चन्द«मा बृश्चिक राशीमा रहेको छ, आजको शुभ समय बिहानको ११ बजेर ४३ मिनेटबाट १२ बजेर ३२ मिनेटसम्म रहनेछ । आजको राहूकाल बिहानको १० बजेर ३४ मिनेटबाट १२ बजेर ०७ मिनेटसम्म रहनेछ ।

मेष राशी

समय कष्टकर खालको रहन सक्छ । अनावश्यक खर्च, कार्यमा ढिलाइ हुने वा मmन्मmट बेहोर्नु पर्ने, मानसिक चिन्ता अथवा भयले सताउने, खानपान र स्वास्थयमा गडबडी आउन सक्छ । रोजगार सम्बन्धि समस्याले अथवा पारिवारीक समस्याले मन खिन्न हुनेछ,  सवारी साधन सावधानीपूर्वक चलाउनु होला, वैदेशिक व्यापार तथा लगानीको लागि समय राम्रो छ । झगडा, र विवाद बाट भने टाढा रहनुहोला,

वृष राशी

समय राम्रो रहने छ । वैवाहिक सुख, पारिवारिक जमघट, वाणिज्य र व्यवसायमा लाभ, पार्टनरशीपमा व्यवसायमा राम्रो हुने, प्रेम सम्बन्ध तथा दाम्पत्य जीवन आनन्दमय हुने , भोग विलास  मनोरन्जनमा रुचि जान सक्नेछ । व्यवसायमा रोकिएको कार्य बन्न सक्नेछ । शत्रुजनित पीडाबाट मुक्ति पाइने छ । शेयर तथा व्यापार व्यवसायमा राम्रो लगानी हुने योग छ ।

मिथुन राशी

दिन राम्रो रहनेछ । कार्य बोझ बाट मुक्त भइने छ, स्वास्थ्य राम्रो रहने, आदर सत्कार र आनन्द प्राप्त हुने खालको दिन छ, गुप्त शत्रुहरु पराजित हुनेछन, आर्थिक लाभ, मुद्दा मामिला लगायत अन्य कुराहरुमा सोचे अनुसार हुनुको साथै पारिवारिक सुख पाइने योग देखिएको छ, कार्य स्थलमा सहयोग पाइने, विद्यार्थीहरुलाइ समय राम्रो छ । लगानीको लागि दिन उत्तम रहनेछ

कर्कट राशी

बिशेष मेहनत गर्नुपर्ने दिन छ । आज अलि कार्य बोझ थपिन सक्छ अथवा कार्यमा विध्न बाधा व्यवधानहरु आउने योग छ । आज लगानी वा खर्च गर्दा ध्यान पुरयाउनु होला । आफनो तथा वा सन्तानको स्वास्थ्यको चिन्ता गर्नु पर्ने योग देखिएको छ । अपयशको भागी हुनसक्ने दिन भएकोले आज विवादबाट भने टाढै रहनुहोला । लगानीलाइ आज दिन ठीक छैन ।

सिंह राशी

चिन्ताबाट बच्नुपर्ने दिन छ, खर्च वृद्धि हुन सक्छ, कार्यमा अवरोध र स्वास्थयमा समस्या आएर दुख कष्ट अलि बढी पाइने सम्भावना पनि छ, आरोप लाग्ने डरले सताउने, नजिककाहरुसँग वैमनस्यता बढने, धर्म कर्ममा अरुचि,  यात्रा वा भ्रमण हुन सक्ने, पारिवारीक तथा दाम्पत्य सुखमा कमी, कलह, विवाद जस्ता अशोभनीय फल प्राप्त हुन सक्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला,

कन्या राशी

दिन शुभ रहनेछ । अडकिएका कार्यहरु बन्ने, आदर सत्कार पाइने, धन लाभ, उत्तम खानपानमा सरिक भइने, उपभोग्य वस्तुहरुको खरीद तथा प्राप्ति हुने, छोटा दुरीको यात्रा वा भ्रमण, धन लाभ, आरोग्यता प्राप्ति, वस्त्रलाभ अथवा वाहन सुखको योग छ, अरुले तँपाइको कदर गर्नेछन । पारिवारिक सुख , दाम्पत्य सुखको साथै मित्रहरुको साथ र सहयोग पाइनेछ, शत्रुहरुले बिगार्न सक्ने छैनन, लगानीलाइ आज दिन राम्रो छ । व्यर्थको भ्रमण तथा विवादहरुबाट भने जोगिनु होला।

तुला राशी

मनलाई दह्रो बनाई धैर्य राख्नुपर्ने खालको दिन छ , खर्च बढी हुन थाल्ने, गरेको काममा बिध्न बाधाहरु तेर्सिने, मान सम्मान वा आदर नपाइने, बिरोधीहरु सलबलाउनेछन् , धनको नोक्सानी वा दन्ड जरिवाना आदि हुन सक्ने सम्भावना छ, रोगव्याधि बाट बच्नु पर्नेछ विशेषगरि खानपानको गडबडी हुने अथवा घाँटीभन्दा माथिको भागमा समस्या आउन सक्छ, कुटुम्बहरुसँग वा नजिककाहरुसँग मनमुटाव हुने स्थिीति बन्नेछ । कसै कसैलाइ घरबाहिर बस्नु पर्ने अवस्था पनि आउन सक्छ, विद्यार्थीहरुलाई पढाइमा मन नलाग्ने हुन सक्छ । व्यवसायीहरुलाइ तथा नयाँ लगानीलाइ भने दिन अनुकुल छैन,

वृश्चिक राशी

भाग्यले साथ दिनेछ । आर्थिक लाभ हुने । सकारात्मक विचार र उत्साहले आत्मविश्वास बढनेछ । शरीर स्वस्थ भइ आरोग्य, साहस र स्फूर्ति बढने । लाभ तथा मान सम्मानको प्राप्ति । कार्यमा सफलता । कतैबाट केही कुरा प्राप्त हुने वा कसैसँग भेट हुने । दिमागमा धेरै खालका विचारहरु आउने । उत्तम तथा मिष्ठान भोजन सहितको  जमघटमा समय बित्न सक्ने, मान्यजनको वा मित्रको कृपा पाइने तथा बन्धुहरुबाट सुख मिल्ने, विद्यार्थीवर्गलाई समय राम्रो । प्रेमीहरुको लागि दिन शुभ रहनेछ।  व्यापारिक वर्ग, व्यावसायीक साझेदारी वा अन्य किसिमको लगानीको लागि आज दिन ठीक छ।

धनु राशी

समय राम्रो छैन । अनावश्यक खर्च, शारिरिक कष्ट, स्वास्थयमा समस्या आउने, मानसिक चिन्ता, शोक पर्न सक्ने सम्भावना छ । घाउ चोटपटक वा दुर्घटना हुनसक्ने भएकोले विशेष सावधानी राख्नुपर्ने बेला छ, आत्मविश्वासलाइ जोगाउनु होला आलस्यताले  काम बिग्रन सक्छ विद्यार्थीहरुले अलि मेहनत गर्नुपर्ने दिन छ,

मकर राशी

दिन सकारात्मक र शुभ रहनेछ  । आर्थिक लाभ हुने ।  चिताएको कुरा सम्पन्न हुने, स्वास्थ्य उत्तम रहने, शरिरमा जोश जाँगर बढने, मन प्रसन्न हुने खालका समाचारहरु आउन सक्छन् । अडकिएका कार्यहरुले गति लिनेछन् वा सफल हुनेछन् ।  मित्र भेटको सम्भावना वा मित्र बाट फाइदा हुन सक्छ । सन्तानको लागि खर्च हुन सक्ने, चाहेको लुगा कपडाहरु खरिद हुने अथवा परिकारजन्य विशेष खानपान हुने योग छ, कर्मचारी वर्ग अथवा आफूमूनि काम गर्नेहरुबाट सहयोग पाइने वा लाभ मिल्ने सम्भावना छ, विद्यार्थीहरुको पढाइ तथा विद्या आर्जनमा प्रगति हुने । कसै कसैलाई आज अरु कसैको लागि समय खर्चिर्नु पर्ने हुन सक्छ ।

कुम्भ राशी

दिन राम्रो रहनेछ, परिवर्तन खोजिरहनु भएको छ भने समय राम्रो छ । ईच्छित फल प्राप्त हुने अथवा शुभ समाचार आउन सक्नेछन । गरेका कामहरुमा सफलता प्राप्त हुने, कर्म क्षेत्रमा मानसम्मान, कदर प्राप्त हुने योग छ । अर्थात अरुहरुले तँपाइको मेहनत र विचारको प्रशंसा गर्न सक्नेछन्,  आफूभन्दा वरिष्ठ व्यक्तिको सहयोग पाइने सम्भावना छ, पारिवारीक तथा भौतिक सुखको लागि दिन राम्रो छ ।

मीन राशी

समय अनूकूल छैन । बिना कारण विवाद हुने अथवा आरोप लाग्ने सम्भावना छ ।  कुटुम्ब हानी तथा मान सम्मानमा कमी आउने, तामसिक भोजन हुने, शारिरिक पीडा तथा रोग व्याधिले सताउने योग छ , जति राम्रो गरेपनि अरुबाट जस पाइने छैन, सन्तान सम्बन्धि चिन्ता लिनुपर्ने हुन सक्छ, कामको धपेडि पर्ने वा कामको सिलसिलामा भ्रमण पनि हुने योग छ । लगानीको लागि दिन अनुकुल छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *