ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नयाँ सरकारको विषयमा माओवादी र कांग्रेसको दोषारोपण, भुङ्ग्रोमा जसपा

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं चैत्र १९ । ओलीले गरेको संसद विघटनलाई असंवैधानिक भएको भन्दै सडकमा आएका राजनीति दलविचको सरकार बनाउँदै ओलीली पाखा लाउनु पर्नेमा अधिकाम्स दल एक ठाउँमा छन् । तर त्यसको नेतृत्व कस्ले गर्ने भन्ने विवाद कायम छ । प्

रमुख प्रतिपक्षीका नाताले कांग्रेसले औली विरुध अविश्वासको प्रस्ताव ल्याउनु पर्ने माओवादीले दावी गरिरहदाँ प्रतिपक्षी कांग्रेसले ओलीलाई दिएको समर्थन फिर्ता लिएर आगामी राजनीतिको बाटो खुल्ला गर्न माओवादीलाई आग्रह गरेको छ । ओली सरकारलाई विस्थापन गर्न माओवादी केन्द्र, कांग्रेस र जसपा एक ठाउँमा आउनुको विकल्प छैन । यसरी राजनीतिले फरक मवड लिरहेको समयमा माओवादी केन्द्र र कांग्रेसले एकले कर्को लाइ दोष देखाएर आफु पन्छन खोजेका छन् । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका कारण नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन नसकेको बताएका छन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेर र जसपा गणितीय रुपमा एकढिक्का भएर उभिएमा मात्रै नेपाली कांग्रेसको नेतृत्वमा वा अरु कसैको नेतृत्वमा सरकार बन्ने अवस्था आउने भन्दै शर्माले भने – ‘माओवादी केन्द्रले सरकारको समर्थनको सन्दर्भमा केही टुङ्गो गर्नुपर्ने हो । कि समर्थन निरन्तर छ भन्ने उहाँहरुले निर्णय गर्नुपर्ने हो । समर्थन फिर्ता छ भने सार्वजनिक मञ्चबाट होइन लिखित रुपमा संसद सचिवालय मार्फतबाट सूचना जारी गरेर गर्नुपर्ने हो,’ उनले भने, ‘त्यो परिस्थिति विकास भइसकेपछि स्वभाविक रुपमा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने हुन्छ । नेपाली कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई पक्कै दिनेछैन ।

संसदमा सरकारलाई दिएको समर्थन उहाँहरुले फिर्ता गरिसकेपछि बैठक बसेरै विधिवत रुपमा यसको निर्णयमा पुग्नेछौं ।’ तर माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने कांग्रेस र जसपाको अनिर्णयको कारण राजनीतिक गतिरोध सुरु अझ पेचिलो बनेको आरोप लगाएका छन् । श्रेष्ठले माओवादी केन्द्रले सरकारलाई दिएको विश्वास फिर्ता लिइसकेको र कागजै लेख्न समेत तयार रहेको भन्दैं कांग्रेस र जसपालाई प्रष्ट हुन आग्रह गरेका छन् । उनको भनाई छ –‘ कांग्रेस र जसपा किन अल्मलिएको हो थाहा छैन । केपी ओलीलाई नै निरन्तरता दिने वा अन्य दलको सरकार बनाउने भन्ने विषयमा उनीहरुले ढिला गरेकै कारण अन्योल बढेको छ ।

त्यसैले दुबै पार्टीले चाडो भन्दा चाडो निकास दिन पर्यो । ‘ उनले अघि थपे – ‘ माओवादी केन्द्रले अविस्वासको प्रस्ताव फिर्ता लिइसकेको छ कागज नै लेख्नु पर्छ भने हामी तयार छौं । यसरी दुई प्रमुख दलविच विवाद चर्की रहदाई जसपाले भने आफ्नै पुराना मागको स्मरण गराएको छ । लिखित रुपमा माग पुरा गराउने प्रतिवद्दता भएकमात्र सरकारमा जान्छौ जसपाका नेताहरको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *