ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओलीको कारवाही पछी अझ आक्रामक खनाल- नेपाल समुह, माधव नेपाल भन्छन् –केही दिनमा ओलीलाई केन्द्रिय समितिबाटै हटाउँछु

पोखरा चैत्र १९ ।नेकपा एमाले भित्र गुटगत भेला गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल,उपाध्यक्ष भिमरावल,नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भूषाललाई छ महिनाका लागि पार्टीबाट ओली समुहले हटाएको छ । यसरी पार्टीबाट कारवाहीमा परेका नेताहरुले समानान्तर समिति बिस्तार गर्दै ओलीमाथी काउन्टरको प्रयास गरेका छन् । जस अनुसरा बिहिबार उक्त समुहले गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डेको नेतृत्वमा समानान्तर कमिटी बनाएको छ ।

माधव नेपाल, सुरेन्द्र पाण्डेलगायतका नेताको उपस्थितिमा भएको प्रदेश भेलाले पाण्डेको नेतृत्वमा २२ सदस्यीय समानान्तर कमिटी बनाएको हो । त्यस्तै सोही भेलाले गण्डकी प्रदेशका जिल्लाहरुमा समेत समानान्तर जिल्ला कमिटी बनाउका छन् । सोही अनुसार धनराज आचार्यको नेतृत्वमा कास्की जिल्लास्तरीय समानान्तर कमिटी बनाएको थियो । स्याङजा जिल्ला कमिटीमा रामचन्द्र भट्टराईलाई अध्यक्ष चुनेको छ भने भुपराज अधिकारी सचिव छन् ।

गण्डकी प्रदेश सभाका माधव समूहका एक्ला सांसद इन्द्रलाल सापकोटा बागलुङको अध्यक्ष बनाइएको छ भने सचिवमा लालबहादुर थापा चयन भएका छन् । म्याग्दीमा बालकुष्ण् सुवेदी अध्यक्ष, पर्वतमा भक्त कुँवर अध्यक्ष र पदमपाणी शर्मा सचिव, छन् भने तनहुँमा शंकनारायण क्षेष्ठ अध्यक्ष र श्रीराम कार्की सचिव छन् । गोरखा अध्यक्षमा यादव बस्नेत र सचिवमा सानोमाया बस्नेत छन् । गोरखा र स्याङ्जामा चुणामणि जंगली इन्चार्ज चुनिएका छन् । पर्वतमा मोति पौडेललाई इन्चार्ज तोकिएको छ । प्रतापलाल श्रेष्ठलाई तनहुँ र लमजुङको इन्चार्ज बनाइएको छ । लमजुङमा रामबाबु अधिकारी अध्यक्ष, हिरा विक सचिव छन् । नवलपुरमा अध्यक्ष धनञ्जय शर्मा र कृष्ण पौडेल इन्चार्ज बनाइएको छ । मनाङ र मुस्ताङको भने तय गरिएको छैन ।

यसरी समानान्तर समिति बनाउन देश दौडाहमा रहेका वरिष्ठ नेता नेपालले केन्द्रमा समेत समानान्तर समिति बनाउने जनाएका छन् । नेता नेपालले केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी बनाउने घोषणा गरेका हुन् । जिल्लामा सकृय हुन निर्देशन दिदै नेपालले चाँडै आफ्नो नेतृत्वमा केन्द्रीय कमिटि घोषणा गर्ने जानकारी दिए। उनको भनाई छ- ‘कमिटी बैठकहरू अब नियमित गर्नुहोस् । हामी सबै ठाउँमा संगठित भएर केन्द्रीय कमिटी पनि घोषणा गर्दैछौं,’ ।

ओली प्रविर्तिका कारण कमन्युष्ट आन्दोलननै संकटमा परेको दावी गर्ने नेता नेपालले ओली समस्या भएको भन्दै त्यसको समाधान आफुले गर्ने दावी गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *