ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शाओमीद्वारा नेपालमा रेडमी नोट १० स्मार्टफोन सार्वजनिक

काठमाडौं ।  शाओमीले आफ्नो  रेडमी नोट श्रृंखलाको दशौँ जेनेरेसन नेपालमा पनि  सार्वजनिक गरेको छ । नवप्रवर्तनको सीमालाई अगाडि बढाउँदै बेस्ट–इन–क्लास सुविधाहरु सहित ब्रान्डले रेडमी नोट १० प्रस्तुत गरेको हो ।

 रेडमी नोट १० एक ताजा ईभोल डिजाइन र नवीनतम टेक्नोलोजिकल एड्भान्समेन्टहरु जस्तै ४८ एमपी क्यामेरा, ६० हटर्ज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागज ६७८ प्रोसेसरका साथ उपलब्ध छ जसले यसलाई १०\१० अङ्कको स्मार्टफोन बनाएको कम्पनीले जनाएको छ ।

रेडमी नोट १० ४८ एमपीको सोनी आईएमएक्स ५८२ सेन्सरको साथ क्वाड क्यामेरा सेटअपका राखिएको कम्पनीले जनाएको छ ।  यसले ग कम प्रकाश अवस्थाहरुमा फोटो तथा भिडियोमा खिच्न मिल्ने प्रविधि जडान गरिएको कम्पनीले जनाएको छ ।  अगाडि पट्टीको  १३ एमपी क्यामेरा राखिएकाले सल्पीको क्वालिटी राम्रो रहेको शाओमीले जनाएको छ ।।

५ हजार एमएच ब्याट्री र ३३ वाटको चार्जर साथमा उपलव्ध हुने रेडमी नोट १० शून्य देखि ६७ प्रतिशतसम्म ३० मिनेटमै चार्ज हुनेछ । थप रुपमा यो ०.६६ मिलिमिटर पातलो र रेडमी नोट ९ भन्दा २०.२ ग्राम हलुका छ ।

धुलो र पानी पस्नबाट बचाउन रेडमी नोट १० आईपी  ५२ रेटिङका साथ उपलब्ध छ। यसमा सर्ज प्रोटेक्सन,स्मार्टफोनको दीर्घायू सुनिश्चित गर्न कोर्रोसन प्रतिरोधी पोर्ट र रबरयुक्त पोर्ट पनि प्रदान गरिएको छ।

रेडमी नोट १० फ्रस्ट व्हाइट, एक्वा ग्रीन र स्याडो ब्ल्याक कलर भेरियन्टमा उपलब्ध रहेको छ ।

यसको मूल्य २१ हजार ९९९ देखी २४ हजार ९९९ समयसम्म तोकिएको छ । ४ र ६ जीवी र्याप रहेको यो मोवाइलमा ३२ ,६४ र १२८ जीबी सम्मको इन्टर्नल स्टोरेज भएका मोवाइल फोनहरु बजारमा उपलव्ध भएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *