ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ललितपुरका शिक्षकलाई स्वेच्छिक अवकाश लिने अवसर, यस्तो छ अवकाशपछिको सेवासुविधा

ललितपुर चैत्र १९ l ललितपुर महानगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरुमा कार्यरत ५० वर्ष उमेर पुगेका शिक्षकहरुले स्वेच्छिक अवकाश लिन पाउने भएका छन्।

नगर शिक्षा समितिले सेवाअवधि कायम रहेका शिक्षकहरुले अवकाश लिन चाहेमा बाँकी सेवा अवधिका आधारमा विभिन्न सेवा सुविधा प्रदान गरिने निर्णय गरेको हो। नगर शिक्षा महाशाखाका प्रमुख महेन्द्र बहादुर क्षेत्रीका अनुसार २०७८ साउन पश्चात १ वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकहरुले अवकाश लिन चाहेमा अवकाश पश्चात १ लाख रुपयाँ प्राप्त गर्नेछन भने सोही अवधिसम्म २ वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकहरुले डेढ लाख रुपयाँ प्राप्त गर्नेछन।

यसैगरी ३ वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकहरुले स्वेच्छिक अवकाश लिन चाहेमा २ लाख रुपयाँ प्राप्त गर्नेछन भने आगामी साउन पश्चात ४ वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकहरुले २ लाख ५० हजार प्राप्त गर्नेछन। त्यस्तै उक्त समयसम्म ५ देखि १० वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकहरुले अवकाश लिन चाहेमा ३ लाख रुपयाँ प्राप्त गर्ने महाशाखाले जनाएको छ। नगर शिक्षा समितिले अवकाश लिन इच्छुक शिक्षकहरुलाई १ महिनाभित्र आवश्यक कागजात सहित निवेदन पेस गर्नका लागि सूचना जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *