ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अदालतको फैसला माओवादी केन्द्र अलमलमा,सर्वोच्चले गलत फैसला गरेको नेताहरूको भनाई

काठमाडौं चैत्र १९ ।नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति सर्वोच्च अदालतले नदिने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदन सुनुवाइका लागि अनुमति नदिएको हो ।
ऋषिराम कट्टेलले दायर गरेको रिटमा फागुन २३ गते न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा एमाले र माओवादी केन्द्रलाई पुर्ववत रुपमा पुन स्थापित गरेको थियो ।
प्रचण्डले फैसला पुनरावलोकनको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए । यसरी सर्वोच्चले पुनरावलोकनका लागि अनुमति नदिएपछि माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अदालतको फैसला बेठिक भएको बताएका छन् । उनले सर्वोच्चको फेसला बेठिक भएपनि मान्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *