ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभरका निजी तथा सरकारी प्रयोगशालाहरु तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं ,चैत्र १८ l स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुशार आसिएसका निर्णयहरु संघ अन्तरगतका संघिय अस्पतालहरु ,प्रादेशीक र सबै आधारभुत अस्पतालहमा कोरोनाको उपचारको ब्यवस्थापन गर्ने र एचएमआइएसमा रेकड राखेमा सोधभर्ना गर्ने भएको छ ।कोरोना परक्षण गर्ने सबै सरकारी तथा निजी प्रयोगशाला तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
पछील्लो समय नेपालमा कोरोना संक्रमणदर बढ्दो क्रममा रहेको छ । जति पनि कोरोना परीक्षण भइरहेको छ त्यसमा पनि पोजेटिभ संख्या बढ्दो देखिन्छ । त्यसैले नेपालमा अब दोश्रो चरणको कोरोना संक्रमण सुरु भएको मानिन्छर यसबाट बच्न उच्च सतर्कता अपनाउनु आवश्यक छ ।
देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको ३ हजार ९ सय १९वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा ६७ जना सहित देशभर १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर २ लाख ७७ हजार ३ सय ९जनमा संक्रमण पुष्टि भएको छ।हालसम्म कोरोनाका कारण ३ हजार ३० जना रहेका छन् । गत चौबीस घण्टामा देशभर ५९ जना निको भएका छन् । हालसम्म कोरोना निको हुने संख्या २ लाख ७२ हजार ७ सय ८६ जना रहेका छन् ।हालसम्म कोरोना मुक्त हुने प्रतिशत ९८ दशमलव ४ रहेको छ । देशभर क्वारेन्टिनमा ५९ जना र संक्रिय संक्रमित संख्या १ हजार ४ सय ९३ जना रहेका छन् । देशभर आसियुमा उपचारत ३८ जना र भेन्टिलेटरमा ५ जना रहेको मन्त्रालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *