चिन सरकारले प्रदान गरेको कोरोना विरुद्धको खोप ४० देखि ५९ बर्ष उमेर समुहलाइ
सेयर गर्नुहोस

काठमाडौं ,चैत्र १८। सरकारले चीनले अनुदानमा दिएको कोरोना विरुद्धको खोप ४० देखि ५९ वर्ष उमेरका मानिसहरुलाई दिने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पूर्वाधारको हिसावले अस्पतालहरु छनौट गरि ४० देखि ५९ वर्ष उमेरसम्मका नागरिकलाई खोप दिने तयारी भएको जानकारी दिनुभयो ।
यद्यपी खोप कहिलेबाट र कुन उमेर समुहबाट सुरु गर्ने एकीन भएको छैन । उहाँले राष्ट्रिय खोप सल्लाहाकार समितिको परामर्शपछि चिनियाँ खोपबारे थप निर्णय लिइने बताउनुभयो । चीन सरकारले ८ लाख मात्रा खोप भेरोभेल नेपाललाई सहयोग गरेको छ ।
यस अघि भारत सरकारले अनुदान स्वरुप दिएको १० ‘कोभिसिल्ड’ खोप प्रयोग गरिसकेको छ। पहिलो चरणको खोप माघ १४ गते देखि लगाउन सुरु गरिएको थियो।