ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चीनबाट ल्याएको खोपको प्राथमिकतामा को ? सरकार अझै अन्यौलमा

काठमाडौं,चैत १८ । चीनबाट ८ लाख डोज कोरोना खोप सोमबार नै आइसके पनि कसलाई दिने र कहिलेदेखि दिन सुरु गर्ने भन्ने विषयमा अहिलेसम्म सरकार अन्यौलमा नै छ । भारतबाट खरिद गरेको १० लाख खोप अझै सम्म आइपुगिसकेको छैन तर थप खोप मगाउन पनि पहल भैरहेको पनि मन्त्रालयले जनाएको छ ।

कोरोनाले विश्वलाइ नै तहसनहस बनाइरहेको बेला नेपाल सरकारले भने अनुदानमै १८ लाख डोज खोप पाइसकेको छ । भारतपछि चीन सरकारले अनुदानस्वरुप प्रदान गरेको कोरोना विरुद्धको ८ लाख डोज खोप सोमबार नेपाल आइपुगिसकेको छ ।

तर यो खोप कसलाई र कहिले लगाउने भन्ने विषयमा सरकार अनिर्णित छ । चिनियाँ खोपलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलको कोल्ड स्टोरमा राखिएपनि यसको प्रयोगबारे निर्णय हुन बाँकी छ ।

केन्द्रीय खोप भण्डारण केन्द्र टेकुमा ब्यवस्था गर्दै क्रमश खोप लगाउने ठाँउहरुमा परिचालन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर चिनियाँ खोप कहिलेदेखि दिने र कसलाई लक्षित गर्ने भन्ने निर्णय बाँकी नै छ ।

चीनबाट ल्याइएको खोप पनि यस अघि नेपालमा प्रयोग भैरहेको भारतमा उत्पादिन कोभिसिल्ड खोप जस्तै दुई मात्रा लगाउनुपर्ने हुन्छ ।

चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको भेरोसेल खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । नेपालले भारतबाट २० लाख डोज खोप खरिद गरिएको भएपनि अहिलेसम्म १० लाख डोजमात्र आएको छ ।

बाँकी खोप ल्याउनका लागि तदारुकताका साथ पहल भैरहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताए ।

अनुदान र खरिदको गरी नेपालमा अहिलेसम्म भारतबाट २० लाख, कोभ्याक्सबाट ३ लाख ४८ हजार डोज र चीनबाट ८ लाख डोज गरी कुल ३१ लाख डोज भन्दा बढी खोप देशमा भित्रिइसकेको छ ।

भारतबाट आएको अनुदानको १० लाख खोपबाट राष्ट्रिय खोप अभियान सकिएपनि दोश्रो चरण पूरा हुन पाएको छैन । ५५ वर्ष भन्दा माथिका नागरिकलाई खोप दिने भनिएपनि खोप अभावमा पूरा हुन सकेको छैन । पहिलो चरणमा १६ लाख भन्दा धेरै नागरिकले कोरोना विरुद्धको खोप लगाइसकेको सरकारले जनाएको छ । पहिलो चरणमा लगाएकाहरुलाई दोश्रो डोज बैशाख ७ देखी ११ गतेसम्म दिने योजना सरकाले बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *