ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओलीको कारवाही पछि नेकपा एमाले फुटाउने माधव नेपालको संकेत

सेयर गर्नुहोस
  • 17
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं चैत्र १८ । नेकपालाई सर्वोच्च अदालतले मान्यता नदिएपछि एमालेका पुर्ववत दुई खेमा विच समान्तर कृयाकलाप बढ्दो क्रममा छ । एकले अर्कोलाई निशेध गर्ने राजनीति सुरु भएको अवस्थामा एक पछि अर्को अस्त्र फाल्न नेताहरु उद्दत बनेका छन् । सस्थापन पक्षले खनाल- नेपाल समुहले गुटगत भेला गरेको भन्दै स्पष्टी करण नै सोध्यो । जवाफमा उक्त समुहका नेताहरुले ओलीलाई स्पष्टिकरण सोध्नै नैतिकता नभएको भन्दै जवाफी प्रष्टिकरण नै मागे ।

कार्यकर्ता तहमा पार्टी एकिकरण होला भन्ने आशा पलाएको समयमा ओलीले प्रष्टिकरणमा चित्त नवुझेको भन्दै अन्तरपाटी निर्देशन अपानी जारी गर्दै पार्टी विधि र विधान नमान्नेलाइ अनुशासनको डण्डा लगाउने भन्दै माधव कुमार नेपाल र उपाध्यक्ष भिम रावललाई छ महिनाका लागि निल्म्वन गरे । उनले माधव नेपालले प्रचण्डसं मिलेर पार्टी एकिकरण भाड्न खोजेको समेत आरोप लगाएका छन् ।

नेकपाबाट माओवादी केन्द्र र एमालेकै अवस्थामा फर्कीएपछि नेपाल- खनाल समुह थप तनावमा परेको छ । पार्टी विभाजनका लागि संसद र केन्द्रिय समितिमा ४० प्रतिशत हुनै पर्ने वाध्यताका कारण पार्टी फुटाउन समेत हिम्मत गर्न कठिन भएका नेपाल समहु ओलीको कारवाहीको डण्डाले थप पिडित बनेका छन् । लामो समय आफैले नेतृत्व गरेको पार्टीभित्र नै अल्पमत जस्तो देखिएको उक्त समुह घर न घाटको बनेको छ । यस्तो अवस्थामा उक्त समुहले पार्टी विभाजन हुन सक्ने संकेत माधव नेपालले गरेका छन् ।

ओलीले कारवाही गरेको भोलीपल्टै युवासंघको भवन उद्घाटन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले सडकमा बसेर राजनीति गर्न नसकिने भन्दै पार्टी फुटको संकेत गरेका हुन् । ओली समस्याको जठ भएको र आफु समाधान भएको दावी गर्दै नेपालले ओलीको कारवाहीको प्रवाह नभएको दावी गरे ।

पार्टी एकतालाई कायम राख्दै अन्तरसंघर्ष गर्ने निस्कर्ष निकाले पनि अन्तत वरिष्ठ नेता नेपालले पार्टी फुटको संकेत गरे । यो संगै नेपका एमाले एक रहने संभावना कम्जोरमात्र हैन संसदको नयाँ अंक गणित अझ पेचिलो बन्ने भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *