ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

वायु प्रदुषणका कारण अस्पतालहरुमा बिरामीको चाप बढ्दो

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं,चैत १८। बढेको वायु प्रदूषणले काठमाडौंका अस्पतालमा बिरामीको संख्या बढेका छन् ।

श्वासप्रश्वासमा समस्या, रुघा, आँखा, नाक पोल्ने बिरामीको संख्यामा वृद्धि भएको अस्पतालहरुले जानकारी दिएका छन् ।अझै पनि जोखिम कायम रहेको भन्दै चिकित्सकहरुले सतर्क रहन आग्रह गरेका छन् ।

काठमाडौंमा प्रदूषण बढेपछि प्रदूषणकै कारण स्वास्थ्य समस्या देखिन थालेको भन्दै अस्पतालहरुमा बिरामीको चाप बढेको छ ।

आँखा पोल्ने, स्वासप्रस्वास सम्बन्धी समस्या हुने, नाक पोल्ने रुघा र ज्वरो आएको भन्दै बिरामीहरु आउन थालेको चिकित्सकले बताएका छन् । मौसमकै कारण विभिन्न समस्या देखन थालेको अस्पताल पुगेकाहरुले बताए ।

अहिले अस्पताल आएका बिरामीको समस्या अल्पकालीन रहेपनि प्रदूषणका दीर्घकालीन समस्या पनि हुन सक्ने चिकित्सकहरुको भनाई छ । अहिलेको प्रदूषणका दीर्घकालीन कस्तो असर पार्छ भन्ने बारे अझै थाहा नभएको भन्दै चिकित्सकहरुले सतर्कता अपनाउन छातीरोग विशेषज्ञ डा अशेष ढुगानाले आग्रह गरेका छन् ।

केही दिन यता नेपालमा कोरोना संक्रमितको संख्यामा पनि वृद्धि भइरहेको छ । अहिले नै वायु प्रदूषण बढेसँगै कोरोनाको जोखिम पनि उच्च हुन सक्ने भन्दै चिकित्सकहरुले चिन्ता ब्यक्त गरेका छन् । वायु प्रदुषणले मानव जीवनमा विभिन्न समस्याहरु सिर्जना गर्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन विज्ञहरुको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *