ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ब्राजीलका राष्ट्रपतिसंगको खटपट: मन्त्री पछि स्थल , जल तथा हवाई सेना प्रमुखको एक साथ राजीनामा

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

एजेन्सी, चैत्र १८ ।  राष्ट्रपति जायर बोल्सोनारोसँग असहमति बढेपछि ब्राजिलमा स्थल सेना, जल सेना तथा हवाई सेनाका प्रमुखले एक साथ राजीनामा दिएका छन्।

राष्ट्रपति बोल्सोनारोले सेनामा अनावश्यक रुपमा आफ्नो नियन्त्रण कायम गर्ने प्रयास गरेको भन्दै उनीहरुले एक साथ राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

जनरल एड्सन लिएल पुजोल, एडम इल्क्वेस बार्बोसा र लेफ्टिनेन्ट एन्तोनिओ कार्लोस बेर्मुडेजले मंगलबार राजीनामा दिएका हुन्। त्यो भन्दा पहिला सोमबार मात्रै बोल्सोनारो मन्त्रिपरिषद्का विदेश र रक्षा मन्त्रीले राजीनामा दिएका थिए।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरेको कमजोर प्रयासका कारण बोल्सोनारोको ख्याती कम हुँदै गएको छ। बोल्सोनारोले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि वैज्ञानिकले अत्यावश्यक क्वारेन्टिनसहितका उपायहरु अपनाउन आग्रह गर्दाँ अर्थतन्त्रमा असर गर्ने भन्दै अस्वीकार गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *