ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पाकिस्तान भारतसंग वार्ता गर्न तयार छ – इमरान खान

एजेन्सी, चैत्र १८ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानका जनताहरू भारतलगायत आफ्ना सबै छिमेकीहरूसँग शान्तिमय र सहयोगी सम्बन्ध बनाउन चाहेको जनाएका छन् ।

पाकिस्तान दिवसका शुभकामना दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेको पत्रको जवाफ दिदैं पाकिस्तानी प्रधानमन्त्री खानले धन्यवाद प्रकट गर्दै लेखेका छन् – , ‘पाकिस्तानका जनताहरू पनि भारतलगायत आफ्ना सबै छिमेकीहरूसँग शान्तिमय र सहयोगी सम्बन्ध बनाउन चाहन्छन्। हामी विश्वस्त छौं कि दक्षिण एसियामा स्थायी शान्ति र स्थायित्व भारत र पाकिस्तानबीचको सबै मुद्दाहरूको समाधानको लागि सम्बन्धित छ विशेष गरी जम्मू कश्मीरको बिवादसँग।’

उनले पाकिस्तान भारतसंग वार्ताको लागि तयार रहेको भन्दै अनुकुल वातावरण श्रीर्जना गर्नु पर्ने बताएका छन् । उनी लेख्छन् –  ‘सकारात्मक र नतिजा दिने वार्ता गर्न अनुकुल वातावरण बनाउन जरुरी छ । म यस मौकामा भारतका जनतालाई कोरोना महामारीको लडाइमा सफलता मिलोस भन्ने शुभकामना दिन चाहान्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *