ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रतिनिधिसभा बैठक: जोशीको निधन प्रति शोक प्रस्ताव प्रस्तुत हुने

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं चैत्र १८ । दउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकमा विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपनि सरकारले बिजनेश नदिएको आरोप छ । उता सरकार भने बैशाखमै बजेट अधिवेशन सुरु गर्नुपर्ने कारण देखाउँदै यो अधिवेशन तत्काल अन्त्य गर्ने तयारीमा लागेको छ । त्यसैले आजको बैठकमा पनि सामन्य छलफल हुने छ ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश हुने छ । त्यस्तै कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा पनि शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *